Logo

नीलकण्ठ बहुमुखी क्याम्पसलाई विश्वविद्यलय बनाउने डा। रामकुमार उद्घोष

धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर २ को प्रदेश सभा १ बाट २०७४ विजय भएका डा। रामकुमार अधिकारी पुन बागमती प्रदेश सभा सदस्य हुन जनअदालतमा उभिएको छन् । पाँच वर्षमा एक हजार ८२ वटा योजना आफ्नो निर्वाचन क्षेत्रमा ल्याउन सफल भएको भएका डा अधकारी मतदाताको निर्णय अन्तिम हुने भएकाले कामको आधारमा मूल्यांकन गरेर मतदान गर्नु हुन्छ भन्नेमा विश्वास राखेर जनअदालत रुपी निर्वाचनमा गएको प्रदेश सभा सदस्यका उम्मेदवार अधिकारीले कारोवार कर्मीसग कुरा गर्दै भने । अधिकारीले थपे मेरा केही सपनाहरु छन् । ती सपना मेरा नीजि होईनन् । त्यसकारण निर्वाचित हुन आवश्यक भयो । ती सपनाहरु बुढीगण्डकी जलविद्युत आयोजना निर्माण, नीलकण्ठ बहुमुखी क्याम्पसलाई विश्वविद्यलय बनाउने, धादिङवेसी(तिप्लिङ सडक कालो पत्रे गर्ने, नीलकण्ठ ९ र १२ को जंगललाई चिडियाखाना बनाई नयाँ गन्तव्य बनाउने, भैरवी र ज्वालामुखी मन्दिरलाई धार्मिक गन्तव्यका रुपमा प्रवर्धन गर्ने र दवजोङ दरवारलाई सग्रालय बनाउने रहेको छ ।
अर्को तिर सुशासन, दिगो विकास, समानता र सम्वृद्धिका लागि काम गर्नु पर्ने छ । बागमतीका १३ जिल्ला मध्ये धादिङ मानव विकास सुचांकका आधारमा नवौं स्थानमा छ । यसलाई कम्तिमा पनि पाचौं स्थानमा ल्याउनु छ । अहिले धादिङेको प्रतिव्यक्ति आय ७५० अमेरिकी डलर छ । बुढीगण्डकी निर्माण सम्पन्न हुँदा २२०० अमेरिकी डलर पुग्छ अधिकारीले थपे । अहिले अधिकारीके पहिचान नै बदलिएको छ । विकासको अर्को नाम डा। रामकुमार भनेर भन्ने गरेकाछन् । उनीलाई यसो भन्नुमा उनको कार्यशैली र सवै दलका चुनाव चिन्हमा मतदात गर्ने जनतालाई समान व्यवहार गर्नु भएको वौद्धिक व्यक्तिहरुको भनाई छ । अधिकारी योजनासंग जनताको अभिमत नसाट्ने पक्षमा रहेकाछन् । उनी फरक चिन्हमा भोट हालेको भन्दैमा विभेद गर्दिन । तर मैले जितिन भने यस्तो निष्पक्ष काम गर्न अरु नहुन सक्छन भन्दै मतदातासंग भेटघाट गर्दै हिडेको अधिकारीले बताए ।
पूर्व मन्त्री समेत रहका डा। अधिकारीले वर्षमा निर्वाचन क्षेत्रमा ल्याएका योजना र अम्दानी र खर्च सार्वजानिक गर्नुले फरक चुनाव चिन्हमा भोट हाल्दै आएका पनि यस पटक त डाक्टरको सूर्यलाई भोट दिने सोच बनाएको बताँउछन् । डा। अधिकारीले नीलकण्ठ नपा १ मा ३३ वटा योजनामा ७ करोड ९८ लाख, नीलकण्ठ नाप २ मा ४२ वटा योजनामा १० करोड ६९ लाख, नीलकण्ठ ३ मा ६० वटा योजनामा ३७ करोड ९४ लाख, नीलकण्ठ ४ मा ४६ वटा योजनामा ८ करोड ४६ लाख र नीलकण्ठ ५ मा ३६ योजनामा ९ करोड ५८ लाख, नीलकण्ठ ६ मा ३५ वटा योजनामा २७ करोड ३५ लाख, नीलकण्ठ ७ मा ४७ वटा योजनामा १४ करोड ३५ लाख, नीलकण्ठ ८ मा ४२ वटा योजनामा १५ करोड ८० लाख, नीलकण्ठ ९ मा २७ वटा योजनामा ६ करोड ३० लाख, नीलकण्ठ १२ मा ५० वटा योजनामा ४१ करोड १५ लाख, नीलकण्ठ १३ मा ३९ वटा योजनामा २२ करोड ६० लाख, नीलकण्ठ १४ मा ९६ वटा योजनामा ३१ करोड ५ लाख, ल्याएको दावी गरेकाछन् ।

यसैगरी नेत्रावोती डबजोङ १ मा ४९ वटा योजनामा २५ करोड ४५ लाख, नेत्रावोतीडबजोङ २ मा ३३ वटा योजनामा ७ करोड ७५ लाख, नेत्रावोती डबजोङ ३ मा ३७ वटा येजनामा १० करोड ४५ लाख, नेत्रावोतीडबजोङ ४ मा ४४ वटा योजनामा ३३ करोड ६५ लाख, र नेत्रावोतीड बजोङ ५ मा ३१ वटा योजनामा ११ करोड १० लाख ल्याएकाछन् । यसैगरी
ज्वालामूखी १ मा ३६ वटा योजनामा ९ करोड ५० लाख, ज्वालामूखी २ मा ३३ वटा योजनामा ८ करोड २० लाख, ज्वालामूखी ३ मा ३५ वटा योजनामा १२ करोड ५० लाख, ज्वालामूखी ४ मा ४१ वटा योजनामा १४ करोड १० लाख, ज्वालामूखी ५ मा ४८ वटा योजनामा १७ करोड ३५ लाख, ज्वालामूखी ६ मा २८ वटा योजनामा ११ करोड १० लाख, र ज्वालामूखी ७ मा ३३ वटा योजनामा १० करोड ५ लाख सहित विविध ६१ वटा योजनाहरु मा ५२ करोड २० लाख र बहुबर्षिय योजनाहरुमा ८० करोड ल्याएको डा अधिकारीले दावी गरेकाछन् ।
तस्वीर
एमालेको तर्फबाट धादिङ प्रतिनिधि सभा २ को प्रदेश सभा १ का उम्मेदवार डा रामकुमार अधकारी ।

प्रतिक्रिया दिनुहोस्