कुमारी बैंक र दराजबीच सम्झौता

कुमारी बैंक र अनलाइन सपिङपोर्ट लदराज केयमु प्रालिबीच बैंकमा खाता रहेका ग्राहकलाई दराजको ११.११अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यो योजना ११ नोभेम्बरदेखि लागू हुने बताइएको छ । उक्त सम्झौता पत्रमा बैंककोतर्फबाट डिजिटल बैंकिङका प्रमुख अनिष ताम्राकार र दराजको पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् ।
बैंकले आफ्ना ग्राहकलाई यस सहकार्यमार्फत दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा कुमारी बैंकको डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २ हजार पाँच सयसम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा तीन हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने बताइएको छ ।
बैंकमा खाता रहेका ग्राहकले माथि उल्लिखित पूर्व भुक्तानी छुटहरू अभियानको अवधिमा सीमित अवधिका लागि मात्र हुने कम्पनीले जनाएको छ ।