Logo

एकैपटक प्रत्याक्रमण गर्न सक्ने स्वदेशी हतियार

इरानले आइतबार स्वदेशमा निर्मित एकैपटकमा ६ निशानामा प्रहार गर्न सकिने हवाई प्रतिरक्षा प्रणालीलाई एक विशेष कार्यक्रमबीच सार्वजनिक गरेको इरानको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ ।
“खोर्डाड–१५ नामक उक्त हतियारले विरोधीको लडाकु विमानहरू पत्ता लगाई एकातर्फ १ सय ५० किलोमिटरको दूरीमा आक्रमणको निसाना लगाउन सक्ने क्षमता राख्नेछ” हतियार सार्वजनिक समारोहमा रक्षामन्त्री अमिर हतामीको दाबीलाई उद्धृत गरी इरानी टेलिभिजनले बताएको छ ।
इरानको स्वदेशी नयाँ हतियारले विरोधीका लडाकु विमानलाई ड्रोनमार्फत १ सय २० किलोमिटर किलोमिटर टाढासम्म पछ्याउने क्षमता राख्ने दाबी पनि हतामीले गरे ।
अमेरिकाले इरानसँगको आणविक सम्झौताबाट फिर्ता भई नयाँ प्रतिबन्ध लगाएसँगै इरानले स्वदेशी प्रतिरक्षा प्रणाली (हतियार) को निर्माण गरिरहेको अनुमान गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्