क्वालिटी इन्टरटेनमेन्ट अवार्ड वितरण «
Logo

क्वालिटी इन्टरटेनमेन्ट अवार्ड वितरण

क्वालिटी फिल्मस प्रालिको आयोजनामा दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९ सम्पन्न भएको छ । पूर्वउपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यमा विभिन्न ३९ विधामा अवार्ड प्रदान गर्दै कार्यक्रम सम्पन्न भएको हो ।
समारोहमा ५० हजार एक रुपैयाँ सहित यो वर्षको क्वालिटी इन्टरटेनमेन्ट लाईफ टाईम एचिभमेन्ट अवार्ड बरिष्ट ध्वानी सम्पादक दीका गुरुङलाई प्रदान गरिएको छ । साढे तीन दशकदेखि यो क्षेत्रमा सक्रिय गुरुङले नौ हजार भन्दा बढी गीत संगीतमा ध्वनी सम्पादन गरेका छन् । यस्तै सो समारोहमा यो वर्षको क्वालिटी इन्टरटेनमेन्ट चलचित्र तथा संगीत पत्रकारिता पुरस्कार २५ हजार एक रुपैयाँ सहित पत्रकार डब्बु क्षत्रीलाई प्रदान गरियो । अढाई दशक भन्दा लामो समयदेखि क्षेत्री पत्रकारितामा सक्रिय छन् । प्रमुख अतिथि प्रथम उपराष्ट्रपति झा सहित आयोजक संस्था क्वालिटी फिल्मसका अध्यक्ष उमेश गुरुङ, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, कलाकार संघका उपाध्यक्ष मोहन निरौलालगायतले सो अवार्ड तथा पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा विभिन्न ३९ विधामा दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड प्रदान गरियो ।

प्रतिक्रिया दिनुहोस्