Logo

दक्षिण एसियाकै उत्कृष्ट १० व्यवसायीमा डिश मिडियाका आचार्य

डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्य सीईओ इनसाइट्स एसियाद्वारा दक्षिण एसियाकै उत्कृष्ट दस मध्येका बिजनेस लिडरका रुपमा सम्मानित भएका छन् ।
सीईओ इनसाइट्सले देशको कर्पोरेट क्षेत्रलाई भविष्यको नयाँ आयामहरुमा लैजान सक्ने, दक्षिण एसियाका उच्चस्तरका प्रोफेसनलहरु र विचारशील नेतृत्वलाई यो सम्मान प्रदान गर्दै आएको छ ।
नेपालको एकमात्र डीटीएच सेवा प्रदायक डिशहोमले आचार्यको नेतृत्वमा दस लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । उनी अध्यक्ष रहेको डिजिटल होम इन्टरनेशनलले सेटअप बक्सहरुको उत्पादन हुँदै डीएचआई होम अप्लायन्स पनि उत्पादन तथा विक्री वितरण गर्न सुरु गरेको छ भने उनकै अध्यक्षतामा कामना सेवा विकास बैंकले देशभर १ सय ३१ शाखाहरु विस्तार गरेको छ ।
सफलताको मन्त्रबारे सोध्दा आचार्यले सबै श्रेय टिमवर्कलाई दिए । उद्यमी बन्न चाहनेहरुलाई उनको सुझाव छ । देशमा बढ्दो इन्टरनेट सेवाको मागलाई सम्बोधन गर्दै सन् २०२० मा डिश मिडिया नेटवर्कले डिशहोम फाइबरनेट मार्फत आफ्नो सेवा विस्तार गरेको छ भने भर्खरै नयाँ पुस्तामा लक्षित आईपीटीभी पनि सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्