Logo

कोका–कोलाको फिफा वल्र्डकप क्याम्पेन ‘ड्रिन्क–बिलिभ– विन’ सुरु

फिफा वल्र्डकपको माहोल नजिकिँदै गर्दा कोका–कोलाले आफ्ना फुटबल प्रेमी नेपाली उपभोक्ताहरूलाई लक्षित गरेर वल्र्डकप विशेष लेबल लन्च गरेको छ ।
‘ड्रिन्क–बिलिभ–विन’ नाम रहेको यस क्याम्पेन अन्तर्गत उपभोक्ताले फिफा वल्र्डकप अफिसियल फुटबल, टिशर्ट, ज्याकेट जस्ता मर्कन्डाइजहरू जित्न सक्ने मौका पाउनेछन् । क्याम्पेनमा सहभागी हुनको लागि उपभोक्ताहरूले कोक बोतलको नयाँँ फिफा वल्र्डकप लेबलमा भएको क्यूआर कोड स्क्यान गरेर लेबल पछाडि भएको युनिक कोड पठाउनुपर्ने हुन्छ ।
१५ कात्तिकबाट सुरु भएको यो क्याम्पेन २८ मंसिरसम्म लागु हुनेछ । यो अफर लागु नहुने बोतलहरू पनि बजारमा उपलब्ध रहेका छन् । यसबारे विस्तृत शर्त तथा जानकारीहरू कम्पनीको वेबसाइट मा गएर हेर्न सकिनेछ ।
पुरस्कार दावी गर्नको लागि आफूसँग भएको लेबल अनिवार्य रुपमा सुरक्षित राख्नुपर्ने हुन्छ । यो अफर २५० मिली, ५०० मिली, १ लिटर र २.२५ लिटरको कोका–कोला र कोका–कोला जिरो सुगरको खरिदमा प्राप्त गर्न सकिनेछ । यसमा नियम तथा शर्तहरु लागू हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्