Logo

चुनावपछि जुम्लाले मन्त्री पाउँछ: प्रचण्ड

h’Dnf, @@ sflQsM cWoIf bfxfn h’Dnfdf ;Qf u7aGwgsf] ;efnfO{ ;Daf]wg ug{ dªunaf/ h’Dnf cfpg’ePsf g]skf -dfcf]jfbL s]G›_ sf cWoIf k’iksdn bfxfn …k|r08Ú . tl:a/ M ljho /fjt÷/f;;

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यक्रममा प्रचण्डले आगामी निर्वाचनपछि जुम्लाले मन्त्री पाउने दाबी गरेका छन् । जुम्लाको खलंगामा मंगलबार आयोजित सभालाई सम्बोधन गर्दै उनले जुम्लाकी महिला नेतृ गोमा कुँवरलाई संघको मन्त्री बनाउने घोषणा गरेका हुन् ।
प्रचण्डले भने, “जुम्लाले मन्त्री पाएपछि कर्णाली राजमार्ग दुई लेनको निर्माण गर्नुका साथै यहाँको मार्सी, स्याउ, ओखरको बजार प्रवद्र्धन, खानेपानी, शिक्षा, स्वास्थ्य, सिँचाइको विकास तथा पर्यटन प्रवद्र्धन, रोजगारी सृजना र समग्र जुम्लाको विकासमा टेवा पुग्ने छ । यसका लागि कर्णालीबाट गठबन्धनका सबै उम्मेदवारलाई जिताउन अपरिहार्य छ ।”
कर्णालीको विकास आफ्नो प्राथमिकतामा रहेको उनले बताए । यहाँको विकासबारे सत्ता गठबन्धनका बैठकहरुमा पनि छलफल हुने गरेको भन्दै उनले आगामी दिनमा आफूले यहाँको विकासका बारेमा थप जोड दिने प्रतिबद्धता व्यक्त गरे ।
कर्णालीको जुम्लामा उत्पादन हुने मार्सी चामलको चर्चा अहिले निकै भएको भन्दै मार्सी चामललाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन आवश्यक सहयोग गर्ने पनि बताए । उनले भने, “त्यो विषय मसँग पनि जोडियो । एक पटक मार्सी चामलको भात के खाएका थियौँ, निकै चर्चामा आयो । त्यसले बजारीकरणमा टेवा पुग्यो । यहाँको स्याउ, गेडागुडी, सिमी, स्याउको पनि उत्तिकै चर्चा छ । यसको उत्पादनमा वृद्धि गर्नाका साथै प्याकेजिङ र बजारीकरणमा विशेष जोड दिइने छ ।”
जुम्लाको सिञ्जा खस सभ्यताको उद्गमस्थल भएको भन्दै उनले यसको संरक्षण र प्रवद्र्धनका लागि प्रतिष्ठान स्थापना गरी जगेर्ना गरिने बताए । उनले गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन जुम्लाका नागरिकसँग आग्रह पनि गरे । उनले आफूहरु निरंकुशताका विरुद्ध १२ बुँदे सम्झौता हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रबाट प्रतिगमनविरुद्ध एकजुट भएर निर्वाचनमा होमिएको बताए ।
अध्यक्ष प्रचण्डले संविधानको रक्षा गर्न र विकासको अर्को चरणको सुरुआत गर्न नेपालमा निर्वाचनपछि वर्तमान गठबन्धनकै बहुमतको सरकार सञ्चालन हुने बताए ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णालीको विकास र रोजगारी सिर्जना गर्न मङ्सिर ४ पछि संघीय सरकारदेखि कर्णाली प्रदेशमा पनि सत्ता गबठन्धनको सरकार सञ्चालन हुने बताए । जुम्लाका गठबन्धन उम्मेदवारलाई जिताउन जुम्ली जनतासँग उनले आग्रह गरे ।
कर्णालीको स्वास्थ्य, शिक्षा खानेपानी र यतायात क्षेत्रमा विशेष बजेटको व्यवस्था गरी प्रदेशका १० वटै जिल्लाको विकासका लागि सत्ता गठबन्धनको सरकारको आवश्यक रहेको उपसभापति खड्काले जानकारी दिए । अबको सरकारले कर्णालीको विकास गर्न विशेष बजेटको व्यवस्थापन गर्ने पनि उपसभापति खड्काले बताए । माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस उपसभापति खड्काले एकै दिन जुम्ला, कालीकोट र हुम्लामा भएका चुनावी सभलाई सम्बोधन गरेका थिए ।
जुम्लामा गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा गोमा गौतम कुँवर, प्रदेश सभा (क) मा ललितजंग शाही र प्रदेश (ख) बाट नेकपा (एकीकृत समाजवादी) का पदमबहादुर रोकाया चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस्