Logo

धादिङ निर्वाचन सुरक्षाको हिसावले अतिसंवेदनशील जिल्ला

प्रदेश सभा र प्रतिनिधि सभा सदस्यका लागि मतदान गर्ने दिन नजिकिदै गर्दा जिल्ला निर्वाचन सुरक्षा समितिको बैठकले धादिङलाई नै अतिसन्देदनशीलको सूचिमा राखेको छ । जिल्ला भरका मतदान स्थल मध्ये तीनवटा मात्र समान्यको सुचिमा सूचिकृत हुनुले निर्वाचन सुरक्षाको हिसावले अतिसंवेदनशील मानिएको हो । सुरक्षा समितिले सुरक्षा संवेदनशीलताको दृष्टिकोणले मतदान स्थलको वर्गिकरण गरेको हो । कुल एक सय १४ मतदान स्थल मध्ये एक सय चार वटा मतदान स्थललाई अतिसंवेदनशीलको सूचिमा राखेको छ । सात वटालाई संवेदनशील र तीन वटा मतदान स्थललाई सामान्यको सूचिमा वर्गिकरण गर्दै सुरक्षा योजना तर्जुमा गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले बताए ।
भौगोलिक विकटता, मतदाता र मतदान केन्द्रको दूरी र सुरक्षा पोस्टको पहुँचसहितका विभिन्न सूचकलाई आधार मानेर मतदान केन्द्रको वर्गीकरण गरिएको हो । अति संवेदनशील र संवेदनशील सूचीमा परेका मतदान केन्द्रमा सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाइने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले बताए । ‘सुरक्षा अधिकारीका अनुसार निर्वाचन सामाग्री लैजाने र मतदानसँगै मतदान पश्चात सुरक्षा व्यवस्था प्रबन्ध, जनशक्ति व्यवस्थापन आदिको प्रबन्ध संवेदनशीलताका आधारमा गरिन्छ,’ उनले भने–‘अति संवेदनशील र संवेदनशील मतदान स्थलमा सुरक्षाकर्मी र म्यादी प्रहरीसंगै कर्मचारी व्यवस्थापन गरिनेछ ।’
धादिङमा दुई लाख ६५ हजार नौं सय ६६ मतदाता रहेका छन् । तीन सय तीन वटा मतदान केन्द्र छन् । धादिङ जिल्लामा दुई वटा प्रतिनिधिसभा र चार वटा प्रदेशसभा क्षेत्र छ । राजनीति दल र स्वतन्त्र गरी प्रतिनिधि सभा सदस्यका लागि २८ जना र बागमती प्रदेश सभाका लागि ३८ जना उम्मेदवार चुनावी मेदानमा उत्रेका छन् ।

प्रतिक्रिया दिनुहोस्