Logo

धादिङमा चुनावी परिणम उल्ट्याउने कांग्रेस नेता पाख्रिनको अभिव्यक्ति

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुका लागि मतदानको दिन नजिकिदै गर्दा नेपाली कांग्रेसका नेता दिलमान पाख्रीनले दिएको अभिव्यक्तिले धादिङमा नयाँ तरङ्ग ल्याएको छ । धादिङमा चुनावी परिणम उल्ट्याउने कांग्रेस नेता पाख्रिनको अभिव्यक्ति ले ‘धादिङ प्रतिनिधि सभा २ मा गठबन्धन र कांग्रेसका उम्मेदवार हराउने अभियान पो चलाउलान् जस्तो बुझिन्छ ।’ जिल्ला र केन्द्रीय नेतृत्वका राजनीति संस्कार मैले जति पनि सिकेकारहेनछन् । यर्थात नबुझि प्रलोभन, नीजि स्वार्थ, गुठ उपगुठका राजनीित गदैछन् । कांग्रेस भित्र तीन समूह छ पाख्रिनले भने । दिलमान यतिकै नेता भएको होइन । प्रवास वसेको छ । मेरो बुबा दामन पाख्रिनले जेल बस्नु भएको थियो । हामी नीत पुस्ता कांग्रेसमा विताएर चोथो पुस्ता तयार गदैछौ । मलाई वेवासथा गरेर कांगे्रसले के राजनीित गर्छ । म बुबाको ब्याज खान उम्मेदवार खान खोजेको पनि होएन । अहिले सभे गरे हुन्छ । ६० प्रतिशत कांग्रेस कार्यकताले दिलमान रोज्छ । कि दिलमान काम नलागने, बार्टीमा भुमिका नभएको, भनेर प्रमाणित गर्नु पर्छ । नत्र किन मलाई वेवासथा गरिन्छ । म विहीवारसम्म हेर्छूृ । जिल्ला र केन्द्रीय नेताले मलाई आश्वस्त मार्न सकेनन् भने धादिङमा चुनावी परिणम उल्ट्याउने कांग्रेस नेता पाख्रिनले कारोवारकर्मीसंग कुरा गर्दै भने । कसको पक्षमा लाग्ने कसरी लाग्ने भन्ने रणनीति बनाइरहेको भन्द्रै अहिले खुलाउन चाहेनन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समते रहेका प्रतिनिधि सभा सदस्यका आकांक्षी रहेका पाख्रिनलाईे टिकट नदिएपछि बिच्किएर छन् । पाख्रिनले कांग्रेस नेता समेत रहेका बुबा “दामन पाख्रिन स्मृति प्रतिष्ठान” ले आयोजना गरेको कार्यक्रममा आइतबार किन्ताङफेदीमा बोल्दै “अहिले आफु केन्द्रिय नेताहरुको निर्णयको पर्खाइमा बसिरहेको र आफ्नो पक्षमा सकारात्मक निर्णय नभए मंसिर ४ गतेको मत परिणाम नै उल्टाइदिन”े अभिव्यक्ति दिएका थिए । यो अभिव्यक्तिले कांग्रेस र गठबन्धनमा रहेका दलहरुमा मात्रै होइन नेकपा एमालेका नेता कार्यकर्तामा र स्वतन्त्र उम्ेदवारहरुमा पनि पाख्रिाले कस्तो निर्णय गर्लान भनेर निर्णयको प्रतिक्षमा छन् ।
एक पटक मन्त्री समेत भइसकेका केन्दीय सदस्य पाख्रिन धादिङको उत्तरी क्षेत्रका मतदाता माझ प्रभावशाली व्यक्ति हुन् । नेता पाख्रिनले धादिङ प्रतिनिधि सभा २ मा थोरै मतले २०७४ को प्रतिनिधि सभा सदस्यमा पराजित भएका थिए ।
‘पाख्रिनको पार्र्टीहित विपरित निर्णर्य लिएमा गठबन्धनका साझा उम्मेदर कांग्रेस सभापति रामनाथ अधिकारीलाई घाटा हुने छ र अर्काेतिर नेकपा एमालेका उम्मेदवारलाई फाइदा हुन सक्छ । पाख्रिनको नकारात्मक निर्णयले अधिकारीको लागि तगारो बग्नेछ, र त्यही मौका एमालेका उम्मेदवार खेम प्रसाद लोहनीले उठान सक्ने छन्’, धादिङका आम नेता कार्यकर्तामा ाइतवारदेखि तरंग फैलिएको छ ।
पाख्रिन कांग्रेसभित्र प्रधानमन्त्री शेर बहादुर देउवाकै समूहमा सक्रिय नेता हुन् । त्यहि समूहबाट केन्द्रिय सदस्य जितेका हुन् । अघिल्लो पटक झिनो मतले पराजित भएका पाख्रिन यो पटक पनि आफैले टिकट पाउने विश्वासमा थिए । शेखर समूहमा रहेका जिल्ला सभापति रामनाथ अधिकारीले टिकट पाएपछि केन्द्रिय समितिप्रति पाख्रिन छन् । अधिकारीले टिकट ल्याएको दिनदेखि पार्टीको केन्द्रिय सदस्यको भूमिकामा जिल्लाको पार्टीको आन्तरिक कुनैपनि गतिविधिमा सहभागी नरहेका पाख्रिन आइतवार कांग्रेसका पूर्व सभापति स्वर्गिय दामन पाख्रिनको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्न किन्ताङफेदी पुगेका थिए ।
पाख्रिन निटक कार्यकर्ताहरुसंँगको कुराकानीमा बुझ्दा आगामी संसदमा कुनै न कुनै भूमिका खोजेको हुन सक्ने बुझ्न सकिन्छ । केन्द्रिय नेतृत्वमा अरु भूमिका खोजेको भनेर पनि बुझ्न सकिन्छ । नेपाल विद्यार्थी संघ धादिङका पूर्व सचिव एवं् उत्तरी क्षेत्रका प्रभावशाली युवा नेता डेविट घले, नेत्रावती डबजोङ गाउँपालिकाकी उपाध्यक्ष सीतामाया चोदेनलगायतले पनि दिलमानको पक्षमा खुलेरै अभिव्यक्ति दिएपछि झनै धादिङ–२ मा कांग्रेसको माहोल बिग्रिन सक्ने देखिएको छ ।
यता जिल्ला नेतृत्वले भने उत्तरी भेगबाट दिलमानको माग गर्ने समर्थक धेरै रहेको र ती समर्थक मतदाताको आफ्नै पक्षमा कायम राख्न मात्रै पाख्रिनले त्यस्तो अभिव्यक्ति दिएको दावी गरेकाछन् । बपाख्रिन सम्मानित नेता हुनुहुन्छ, आक्रोस पोख्नु एउटा कुरा हो’, कांग्रेस जिल्ला सचिव विकास श्रेष्ठ भन्छन्– ‘जिल्ला र केन्द्रिय नेतृत्वले समन्वय गरिरहेको छ । निरन्तर सम्पर्क र कुराकानी भइहेको छ । केही दिनमा समस्या समाधान हुन्छ । पार्टीको निर्णय शिरोधार गर्छु भन्नुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्