महिन्द्रा इलेक्ट्रोनिक्स सवारीको निःशुल्क सर्भिस क्याम्प

अग्नि ग्रुप अन्तर्गत विद्युतीय सवारी साधनका लागि आधिकारीक वितरक अग्नि इनर्जीले नेपालमा महिन्द्रा विद्युतीय सवारी वितरण गर्दै आएको छ । यसै सिलसिलामा ललितपुरको कुपन्डोलस्थित सर्भिस सेन्टरबाट अग्नि इनर्जीले ३ दिने निःशुल्क सर्भिस क्याम्पको व्यवस्था मिलाएको थियो ।
यसै सिलसिलामा विश्व वातावरण दिवस २०१९ को अवसर पारी कम्पनीले निःशुल्क सर्भिसिङ्गको व्यवस्था मिलाएको थियो । निःशुल्क सर्भिस जुन ५ तारिखदेखि ७ तरिखसम्म सञ्चालित थियो । ३ दिनमा यस सर्भिस क्याम्पमा लगभग १०० वटा जति गाडीहरुको सर्भिसिङ्ग गरिएको थियो ।
दक्ष प्राविधिकहरुद्वार परीक्षण गरिएको यस क्याम्पबाट जेन्यून स्पेयर पार्ट तथा गुणस्तरीय सेवा उपलब्ध गराएको थियो । यहाँबाट ग्राहकलाई सवारी सञ्चालन सम्बन्धी उचित सल्लाह पनि प्रदान गरिएको थियो । विद्युतीय सवारीसम्बन्धी समेत जानकारी प्रदान गरिएको यस सर्भिस सेन्टरमा ग्राहकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
अग्निले बिक्रीपछिको उत्कृष्ट सेवा तथा अन्तर्राष्ट्रिय ब्राण्ड अनुभव प्रदान गर्दै आएको छ । यस सर्भिस क्याम्पले ग्राहक र कम्पनीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने छ भने आगामी दिनहरुमा ग्राहक तथा वातावरणलाई विशेष लाभ पुग्ने विश्वास कम्पनीले लिएको छ ।