‘हुण्डार्ई फेष्टिभ डिलाइट २०७५’ का विजेता घोषणा

हुन्डाई अटोमोबाइल्सको नेपालका आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एक समारोहबीच हुण्डाई फेष्टिभ डिलाइट २०७५ का बम्पर विजेताहरुलाई पुरस्कृत गरेको छ ।
हुण्डाईको नक्साल शोरुममा भएको समारोहमा लक्ष्मी समूहका अध्यक्ष गणेश बहादुर श्रेष्ठले विजयीहरु बद्रिकुमार खड्का (कुपन नं. १६२२) लाई क्रेटा गाडीको साँचो तथा भावना केसी (कुपन नं.९०६) लाई आइ २० एक्टिभ गाडीको साँचो हस्तान्तरण गरे ।
उक्त समारोहमा लक्ष्मी समूहका अध्यक्ष गणेश बहादुर श्रेष्ठ, विमला खनाल (अध्यक्ष–कञ्जुमर आई नेपाल) तथा नैन्सी बोगटी (हुण्डाई मिस फ्रेण्डशीप २०१९ विजेता) को पनि उपस्थिति थियो ।
लक्की ड्र को विजेताहरुको छनौट ५ मे २०१९ मा हिमालया टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । बम्पर लक्की ड्र को विजेताहरुको छनौट कार्यक्रमका मुख्य अतिथि विमला खनाल (अध्यक्ष–कञ्जुमर आई नेपाल) सहित श्रृंखला खतिवडा (मिस नेपाल २०१८)ले गरेका थिए । साथै १० ग्राम सुन जित्ने १०० जना भाग्यशाली विजेताहरुको छनौट विमला खनालले कञ्जुमर आई नेपालको अनामनगरस्थित कार्यलयमा गरेकी थिइन् ।
हुण्डाई फेष्टिभ डिलाइट २०७५अन्तर्गत हुण्डाई खरिदकर्ताहरुले एक थान क्रेटा, एक थान आइ २० एक्टिभ, १०० जनाले १० ग्राम सुनसहित स्क्राच कार्डमार्फत् १ लाखसम्मको नगद छुट पनि प्राप्त गरेका छन् । सम्पूर्ण विजेताहरुलाई बधाई दिँदै लक्ष्मी समूहका अध्यक्ष गणेश बहादुर श्रेष्ठले हुण्डाईलाई नेपालकै सर्वोत्कृष्ट ब्राण्ड बनाउन सहयोग गर्ने आफ्ना सम्पूर्ण ग्राहकहरुप्रति आभार व्यक्त गरे ।
सबै हुण्डाईका गाडीहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानीसहित उपलब्ध छन् । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भरी १५ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरुमार्फत् ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमाबाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडांै ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएका छन् ।