Logo

ब्याजको विरोधमा दाङका उद्योगी–व्यवसायी सडकमा

smart

राष्ट्र बैकले वृद्धि गरेको बैंक ब्याजको विरुद्ध दाङका उद्योगी व्यवसायी पनि आन्दोलित भएका छन् ।
जिल्लाका उद्योगी व्यावसायीहरुले जिल्लाका ११ वटा शहरी क्षेत्रमा एकै पटक विरोध र्‍याली तथा कोण सभा गरेका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको नेतृत्वमा जिल्लामा सुरु भएको आन्दोलन सोमबार जिल्लाका ११ वटा शहरी क्षेत्रमा विरोध र्‍याली र कोण सभा भएको हो । निजी क्षेत्रलाई धरासयी बनाउने गरी बैंक तथा वित्तीय संस्थाहरुले महिनै पिच्छे बढाइरहेको कर्जा ब्याजदरको विषयलाई लिएर निजी क्षेत्र आन्दोलित बनेको हुन ।
नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी मार्गनिर्देशन २०७५ र त्यही मार्ग निर्देशनका आडमा आर्थिक मन्दिको अवसर छोपेर नेपालको निजी क्षेत्रलाई धरासायी बनाउने गरी बैंकहरुले गरेको ब्याजदर वृद्धि प्रति विरोध जनाउँदै आन्दोलन सुरु गरेका हुन् ।
चर्को ब्याज दरको विषयमा प्रधानमन्त्री, अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नरलगायतका सरोकारवाला पक्षहरुलाई ज्ञापन पत्रमार्फत बढाएको ब्याजदर फिर्ता र बढाउदै गरेको ब्याजदर तत्काल रोक्न अनुरोध गर्दै आएपनि संघको अनुरोधलाई वेवास्ता गर्दै बैंकहरुबाट निरन्तर महिनै पिच्छे मनपरी ढंगले ब्याज बढाउने, सेवा शुल्कको नाममा अनेकौ शुल्क लिई थप आर्थिक भार थप्ने, ब्याज किस्ताको लागि तारन्तार मानसिक दवाव दिने लगायत कार्यहरु बैंकिङ क्षेत्रबाट लगातार भइरहेकोले यस प्रकारको गलत कदम विरुद्ध आन्दोलन गर्दै आएको बताएका छन् ।
संघले एक अंकको ब्याजदर कायम हुनु पर्ने, बैंकहरुले विभिन्न शिर्षकमार्फत लिने सेवा शुल्क लगायतका कुनै पनि शुल्क लिन नपाउने माग राखिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले जानकारी दिए । पुरानो चालु पुँजी कर्जा निर्देशिकालाई यथावत राखी नयाँ निर्देशिका क्रमिक रुपले लागु पर्ने, कर्जाको ब्याजदर पुन: संरचना गर्न दिनुपर्ने, बैकहरुले अगाडी बढाएका लिलामी प्रक्रियाहरु तत्काल स्थगित गर्नुपर्ने लगायत माग रहेको अध्यक्ष बुढाथोकीले बताए । संघले १६ काात्तिकमा पत्रकार सम्मेलन मार्फत आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्