सुदूरपश्चिममा सलामी र इलमी

आरकेडी होल्डिङले सुदूरपश्चिम प्रदेशमा पनि सेयर तथा जग्था प्राप्ति गुरुयोजना पहल (सलामी) र लगानी तथा जग्गा अपार्टमेन्ट प्राप्ति गुरुयोजना पहल (इलमी) सुरु गरेको छ ।
आरकेडीले धनगढीमा औपचारिक कार्यक्रमको आयोजना गरेर ती कार्यक्रम लञ्च गरेको हो । आरकेडीमा पोलिसी प्लानिङ ब्युरोका कार्यकारी सदस्य चिन्तामणी शर्माले जग्गाको मूल्यको दस प्रतिशत पहिले शुरुमै भुक्तानी गरी जग्गा लिन सकिने र चार वर्षमा सम्पूर्ण किस्ता भुक्तानीपछि जग्गा धनी पुर्जा पाइने बताए । उनले सलामी अन्तरगत लिएमा जग्गाको मूल्यको १३० प्रतिशत कम्पनीको सेयर बोनसमा पाइने बताए । उनले जग्गा नलिएमा इलमी कार्यक्रम अन्तरगत ७० प्रतिशत क्यास व्याक पाइने बताए ।
कृषि, पर्यटन र रियल स्टेटलाई औद्योगिकरण गर्ने ‘रियल एग्रा लिमिटेड’ स्थापनार्थ प्रबद्र्धन योजनाको रुपमा सलामी र इलमी कार्यक्रम ल्याइएको उनले बताए । सलामी कार्यक्रम अन्तरगत बन्दीपुर केबलकार परियोजना र कम्पनीका अन्य परियोजनाहरुको सेयर पाइने बताए । उनले यी कार्यक्रमहरुबाट लगानीकर्ताले दुई वर्षमा दुई गुणा र आठ वर्षमा आठ गुणा मुनाफा पाउने बताए ।
कम्पनीले कैलालीको गोदावरी नगरपालिका ६ हरैयामा २३ विघा जमिनलाई बसोबासका लागि प्लटिङ गर्नुका साथै सोही क्षेत्रमा पाँच तारे होटल निर्माण गर्न थालेको छ । शर्माले देशभरका विभिन्न ठाउँमा कम्पनीले विभिन्न चार क्याटागोरीमा व्यवस्था गरेको जमिन लिन सक्ने व्यवस्था गरिएको बताए ।