Logo

ब्रिटिस कलेज ले ‘हल्ट प्राइज’ को आयोजना गर्ने

थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ ले यस पटक पनि ’हल्ट प्राइज’ को आयोजना गर्ने भएको छ । यसअघि पनि सफलतापूर्वक कार्यक्रम सञ्चालन गरेको कलेजले यस वर्ष पनि आयोजना गर्न लागेको हो ।
हल्ट प्राइज फाउन्डेशनद्वारा स्थापित यस कार्यक्रम उद्यमशीलता, नवप्रवर्तन, र स्टार्ट–अपहरूको क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको छ । यस कार्यक्रममार्फत सहभागीले आफ्ना सृजनात्मक विचारहरू निर्णायक मण्डलमाझ प्रस्तुत गर्न सक्ने आयोजकले जनाएको छ ।
कार्यक्रममा मुख्यत: चार चरणहरू हुने आयोजकले जनाएको छ । जसमा अन–क्याम्पस, क्षेत्रीय, ग्लोबल एक्सेलेरेटर र ग्लोबल फाइनल रहेका छन् । यी चरणहरु पार गरेपछि निर्णायकहरूले विजेताको घोषणा गर्नेछन् । विजेताले लगानीको लागि १ मिलियन डलर प्राप्त गर्नेछन् ।
हल्ट प्राइज संयुक्त राष्ट्र संघमा आधारित कार्यक्रम हो जुन हरेक वर्ष विश्वविद्यालयस्तरका विद्यार्थीका लागि दिगो विकास लक्ष्यहरू आधारित विभिन्न विषयवस्तुका लागि १२० देशमा आयोजना हुँदै आएको छ । यस वर्षको विषय भने ‘रिडिजाइनिङ फेसन’ रहेको छ ।
यसअघि हल्ट प्राइज फाउन्डेसनद्वारा केन्याको नैरोबीमा आयोजना भएको ‘सेन्ट्रल साउथ एशिया प्रोग्राम अफ द इयर’ कार्यक्रमको लागि ब्रिटिस कलेजले ग्रिशम तिवारी र सन्दीप यादवलाई छनोट गरी सहभागी हुन पठाएको थियो ।
द ब्रिटिस कलेज २०२२/०२३ को हल्ट प्राइजका लागि प्रज्वलिता विष्ट यस वर्षको पहिलो महिला क्याम्पस निर्देशकमा नियुक्त भएकी छन् । उनीसँग दुई डिसिडी, सन्दीप यादव र सुजित ज्ञवालीसहित २० जना आयोजक समितिका सदस्यहरू रहेका बताइएको छ ।
तयारीस्वरुप २९ भदौमा राष्ट्रिय बाल दिवसको अवसरमा सेन्ट जेभियर्स स्कूलका पूर्व विद्यार्थीसँग यौन दुव्र्यवहारको शिकार भएका बालबालिकाको हेरचाह गर्ने एनजीओलाई सामग्री प्रदान गर्ने उद्देश्यले आर्थिक संकलनमा सहभागीता जनाएको थियो ।
साथै, २७ सेप्टेम्बरमा विष्टको अध्यक्षतामा बसेको बैठकले आगामी कार्यक्रमको बारेमा समेत छलफल गरी निर्णय समेत गरेको छ । निर्देशक विष्टका अनुसार कार्यक्रममा सहभागी हुन इच्छुक टिबिसीका विद्यार्थीहरुले नोभेम्बरको मध्यसम्म आवेदन दिन सक्नेछन् । इच्छुक सहभागीहरूले तीन देखि पाँच सदस्यहरूको टोली बनाउन सक्नेछन् । टोलीका सदस्यहरू एउटै विश्वविद्यालयको हुनुपर्ने र एक जना सदस्य भने अर्को संस्थाको हुन सक्ने कलेजले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्