सिटी एक्सप्रेसको दोस्रो विजेता गुरुङले जितिन् एक तोला सुन «

सिटी एक्सप्रेसको दोस्रो विजेता गुरुङले जितिन् एक तोला सुन

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी आयो, दसैं तिहारलाई गोल्डेन बनायो’ योजना अन्तर्गत दोस्रो महिनाको १ तोला सुन विजेताको नाम घोषणा गरेको छ ।
कम्पनीले विद्युतिय प्रणालीद्वारा विजेता छनौट गर्दा युकेबाट रेमिटान्स पठाउने नुना गुरुङले १ तोला सुन जित्न सफल भएकी छिन् । सोही योजना अन्तर्गत १२ असोजदेखि १५ कात्तिकसम्म दोस्रो चरणको अन्य पाँच जनाले साप्ताहिक उपहार १०/१० तोला चाँदी जित्न सफल भएका छन् ।
साउदी अरबबाट अजय तामाङ, कोरियाबाट रबिन्द्र मानन्धर, कुवेतबाट सुनिता दराई, इराकबाट सुशीला तामाङ साथै कुवेतबाट रेमिटान्स पठाउने हसन मोहम्मद गरी ५ जनाले १०/१० तोला चाँदी जित्न सफल भएका छन् ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले १५ भदौमा दसैं, तिहार र छठलाई लक्षित गर्दै ग्राहकसँग पर्वको खुशी साट्न लगातार ६३ दिनसम्म चल्ने ‘विदेशबाट सिटी आयो, दसैं तिहारलाई गोल्डेन बनायो’ उपहार योजना घोषणा गरेको थियो ।
सोही योजना अन्तर्गत लक्की ड्रमार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने छ । कम्पनीले अब छिट्टै ५ तोला सुन जित्ने बम्पर विजेताको नाम पनि लक्की ड्रमार्फत घोषणा गर्ने जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्