Logo

सबै पालिकाको मुकाम सिसिटिभी क्यामराबाट निगरानी

जाजरकोट सदरमुकामसहित सबै पालिकाका मुकामहरुमा सिसिटिभी क्यामराद्वारा निगरानी सुरु गर्न लागिएको छ ।
भेरी नगरपालिका रहेको सदरमुकाममा तीन वर्षदेखि बिग्रिएका क्यामरामर्मत गरेर सञ्चालनमा ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी सन्तोष निरौलाले जानकारी दिए । पालिकाको सहकार्यमा प्रहरीले सबै पालिकाको मुकाममा सिसिटिभी क्यामरा जडान गर्न लागेको उनले बताए । शान्ति सुरक्षा तथा अनुसन्धानलाई प्रभावकारी बनाउका लागि क्यामरा जडान गर्नु परेको डिएसपी निरौलाले बताए ।
शिवालय गाउँपालिकाको सहयोगमा छेडाबजारमा, नलगाड नगरपालिकाको सहयोगमा दल्लीमा, कुशे गाउँपालिकाको सहयोगमा भाम्र, छेडागाडको सहयोगमा मनघाट, बारेकोटको बारेकोटमा र जुनिचाँदेको सहयोगमा त्यहाँको मुकाममा सिसिटिभी क्यामरा जडान कार्य सुरु गरिएको हो । मुख्य ,मुख्य नाकाहरु सिसिटिभी क्यामराबाट निगरानी गर्न थालिएको छ ।
विभिन्न अपराधिक घटनाहरु भिडभाड हुने ठाउँमा भएपछि सिसिभिटीको सहयोग लिनु परेको हो । सदरमुकाममा बिग्रिएका क्यामरा जडान गरेर सञ्चालन गर्न लागिँएको छ ।

प्रतिक्रिया दिनुहोस्