Logo

पार्टी मूल नेतृत्वलाई चुनौती दिदै वागी उम्मेदवारहरु

नेपाली काँग्रेसमा सक्रिय रहका धादिङ ज्वालामुखीका टिकानिधी काप्री अँउदो मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन । तर उनी नेपाली कांग्रेसबाट उम्मेदवार नभई कांग्रेसबा६ विद्रोह गरेर स्वतन्त्र उम्मेदवार भएका हुन । काप्रीले ‘खरायो’ चुनाव चिन्ह पाएकाछन् । अहिले उनी आफु उम्मेदवार रहेको धादिङ प्रतिनिधि सभा २ मा मतदाताको घरदैलोमा पुगेर आफ्नो उम्मेदवारी किन भनेर प्रष्ट पार्दैछन् । आफु लामो समयदेखि कांग्रेसी भएको तर पार्टीले लोकतन्त्र नारा लगाएपनि पार्टी भित्र अन्तरिक लोकतन्त्र लागु गर्न सकेकोले उम्मेदवारी दिएको काप्रीले बताए । एकै व्यक्ति मात्र घुमिफिरी पदमा पुग्ने लेकतन्त्रवादी हुँ भन्ने, नातावाद, कृपावादको विरुद्ध उम्मेदवारी दिएको हुँ । म चुनावी प्रचार प्रसारमा लागेको छु र चुनाव चिन्ह खरायो मतदातालाई चिनाउदै छु ।
नेपाली काँग्रेसको भात्तृ संगठन नेपाल सांस्कृतिक संघका केन्द्रिय सदस्य समेत रहेका काप्रीले नेपाली कांग्रेस भित्र आन्तरिक लोकतन्त्र, सुशासन, विकास र सम्वृद्धिका लागि स्वतन्त्र उम्मेदवारी दिएर चुनाव प्रचार प्रसारलाई तिव्र पारेका छन् । नेपाली काँग्रेस को २ नम्बर क्षेत्रीय प्रतिनिधि काप्रीलाई पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा नलागी स्वतन्त्र उम्मेदवारी दिएको भन्दै पार्टीले कारवाही गरिसकेको छ । काप्रीले स्वतन्त्र उम्मेदवारी दिएको क्षेत्रमा सत्ता गठवन्धनबाट रामनाथ अधिकारी, नेकपा एमालेबाट खेमप्रसाद लोहनी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बसुमाया तामाङ, नेपाली काँग्रेस विपि बाट शंकर दर्जी, जनता समाजवादी पार्टी नेपालबाट मेकरमान तामाङ, मङ्गोल नेशनल अर्गनाइजेशनबाट धनमाया तामाङ प्रतिस्पर्धामा छन् । आंफुले दल भन्दा माथि उठेर स्वतन्त्र उम्मेदवारी दिएको काप्रीको भनाई छ । काप्रीको उम्मेदवारी सत्ता गठवन्धनका लागि ‘टाउको दुखाइ’ को बिषय भएपछि उनलाई उम्मेदवारी फिर्ता लिन जिल्ला देखि केन्द्रिय तह सम्मबाट गरिएको आग्रहलाई अस्विकार गर्दै चुनावी मैदानमा निस्किएका काप्रीले पाउने मतले सत्ता गठवन्धनको उम्मेदवारलाई नोक्सानी पुग्ने अनुमान गरिएको छ । एक नगरपालिका र ६ गाउँपालिका रहेको संघीय निर्वाचन क्षेत्रमा बिशेष गरी जिल्लाको उत्तरी भेगबाट आंफुले राम्रो मत पाउने काप्रीको दावी छ ।
यसैगरी पिंतिनिध सभा १ को प्रदेश सभा १ मा लामो समय माअवादी केन्द्रमा रहेर काम गरेका इश्वर कोइरालालाई पनि लाग्यो पार्टी भित्र नातावाद, कृपावाद मैलाउदै जसरी हो सत्तामा पुग्ने रहेछ । पार्टीले चालेको कदम मन नपरेपछि उनले पनि प्रदेश सभा १ उम्मेदवारी दिएर काग चुनाव चिन्ह लिएर मतदाता भेटघाटमा व्यस्त छन् । आफ्नो उम्मेदवारी पार्टी भित्रको वेथिती, गुठवन्दी, जनयुद्धका घाइते, शहिद परिवारलाई वेवास्था र फस्टाउदोँ नातावादलाई नैतिक चुनौतीका लागी उम्मेदवारी दिएको कोइरालाको दावी छ । सिमित मानिसका लागि हजारौहजार कार्यकर्ता कहिलेसम्म लड्नु पर्ने हो रु उनको प्रश्न छ । उनीहरु जसरी पनि सत्तामा पुग्नु पर्ने कार्यकर्ता व्वस्थापनमा ध्यान नदिने भएकाले पनि पाँच वर्षमा आउने पर्वमा पार्टी सदस्यताको प्रवाह नगरी चुनावी मैदानमा उत्रेको कोइरालाको भनाई छ ।
यसै क्षेत्रमा एमालेबाट विद्रोह गरेर उम्मेदवारी दिएका एमालेका पुरानो नेता नेत्रराज पौडेल पनि चुनाव चिन्ह वजुलीके चिम लिएर मतदाता भेटघाटमा छन् । स्वतन्त्र उम्मेदवार पौडेल, कोइराला सत्ता गठवन्धका साझा उम्मेदवार नेपाली कांग्रेसका मधकुमार श्रेष्ठ र एमालेका रमेश आचार्यसंग प्रतिस्पर्धामा छन् ।

तस्वीर
१. प्रतिनिध सभा २ का स्वतन्त्र उम्मेदवार टिकानिधी काप्री
२. प्रतिनिधि सभा १ को प्रदेश सभा १ का स्वतन्त्र उम्मेदवार इश्वर कोइराला
३ .प्रतिनिधि सभा १ को प्रदेश सभा १ का स्वतन्त्र उम्मेदवार नेत्रराज पौडेल

प्रतिक्रिया दिनुहोस्