सडक बनाउन अस्पतालमा डोजर

धनगढीको मेनरोड विस्तारका लागि उपमहानगरपालिकाले अस्पतालमा डोजर चलाएको छ । दुई लेनको मेनरोड चार लेनमा विस्तार गर्नका लागि बुधबार उपमहानगरपालिकाले सेती प्रादेशिक अस्पतालको व्यावसायिक सटरमा डोजर चलाएको हो । डोजर चलेपछि अस्पतालको सटरमा रहेका मेडिकलहरू बन्द भएका छन् ।