सिबिआइएल क्यापिटलको सिईओ श्रेष्ठ

सिबिआइएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सबिर बादे श्रेष्ठ नियुक्त भएका छन् ।
श्रेष्ठ एसिसिए हुनुका साथै उनले काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर हासिल गरेका छन् । यसअघि उनी सो क्यापिटलमा उच्च व्यवस्थापन स्तरमा तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ र मेगा क्यापिटल मार्केट्समा प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए ।
श्रेष्ठसँग देश तथा विदेशमा गरी १७ वर्ष वित्तीय तथा मर्चेन्ट बैंकिङ क्षेत्रमा कार्य गरेको अनुभव रहेको कम्पनीले बताएको छ ।