कुमारी बैंकको भाइवर बैंकिङ सेवा

कुमारी बैंकले भाइबर बैंकिङ सेवा सुरु गरेको छ । भाइबर बैंकिङ सेवामार्फत ग्राहक महानुभावहरु तथा समस्त भाइबर सेवा प्रयोगकर्ताहरुले सहजै कुनै पनि बेला आफ्नो खाताको विवरण, खाताको कारोबार, कर्जा सुविधा, कार्ड सुविधा, खाताका किसिम, ब्याजदर, बैंकका शाखा, एटीएमसम्बन्धी जानकारी साथै अन्य बैंकिङ सेवाहरु निःशुल्क लिन सक्नेछन् । बैंकले जनाएको विज्ञप्तिअनुसार यो सेवा कुमारी बैंकका ग्राहकहरुमा मात्रै सीमित नभएर, खाता नभएका व्यक्तिले समेत लिन पाउनेछ ।
कुमारी बैंकले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राख्दै प्रविधिको प्रयोग गरी, आधुनिक बैंकिङ सुविधाहरु प्रदान गर्दै आइरहेकोे छ । बैंकले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने कटिबधता मोबाइल फोनकोे माध्यमलाई अधिकतम उपयोग गरी ग्राहकवर्गले सरल एवं उत्कृष्ट बैंकिङ सेवाबाट लाभान्वित हुने विश्वास लिएको छ । कुमारी बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुराउने उद्देश्यले ७४ वटा शाखा २ वटा एक्सटेन्सन काउन्टर, ५८ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।