आहाराको अभावमा मर्न थाले चौंरी र नाउर

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ सागबारी (मान्नागखिया)मा आहारा नपाएर चौंरीगाई र नाउर मरेका छन् । शे–फोक्सुण्डो गाउँपालिका–८ का पेम्बा गुरूङले आफ्नो मात्र आठवटा चौंरी मरेको बताए । निकुन्जमा सेतक चिनी संकलनकर्ताले घाँस आहारा खाना नदिएर हिमालमा लखेटेपछि चौंरी र नाउर मरेको गुरुङले बताए । हिमालमा भारी हिउँका कारण सबै घाँस पुरिएकाले चौंरी र नाउरले घास खाना नपाएका कारण मरेको उनले जानकारी दिए । आफूलगायत अन्य गाउँको गरी १६ भन्दा बढी चौंरी मरेको गुरुङको भनाइ छ । पशु चौपायाले खाना नपाएर मृत्यु हुनु दु:खद भएको स्थानीय बुद्धिजीवी अनुगबहादुर लामाले बताए ।
तस्बिर : हेमन्त केसी