Logo

धनकुटामा समेत बढ्दै चुनावी सहगर्मी

राणा शासनकालदेखि गणतन्त्रको केही समयसम्म पूर्वको प्रशासनिक केन्द्र रहेको धनकुटामा समेत मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको सहगर्मी बढेको छ । मनोनयन दर्ता र चुनाव चिन्ह प्राप्त गरेसँगै दल तथा स्वतन्त्र उम्मेदवारहरू कार्यकर्ता भेटघाट, भ्रातृ तथा शुभेक्षुक संगठनहरूको भेला गराउन तथा गाउँघर पुग्न थालेका छन् ।
धनकुटामा प्रतिनिधिसभाका लागि गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनीलबहादुर थापा, नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्रकुमार राई, त्यस्तै माओवादी केन्द्रबाट राजीनामा दिई नेता हेमराज भण्डारीले स्वतन्त्र बाट उम्मेदवारी दिएका छन् । कुनै समय राप्रपाको समेत राम्रो जनाधार भएको धनकुटाबाट राप्रपाका नेता कुमार बहादुर थापाको समेत उम्मेदवारी परेको छ । त्यस्तै संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका आराम कुमार लिम्बु , मंगोल नेसनल अर्गनाइजेसनका विश्वमित्र लावती र एकीकृत शतिm नेपाल पाटीका रमेश राई चुनावी मैदानमा रहेका छन्
यीमध्ये नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापा, नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्रकुमार राई, त्यस्तै माओवादी केन्द्रबाट राजीनामा दिई स्वतन्त्र उम्मेदवारी दिएका नेता हेमराज भण्डारीबिच मुख्य प्रतिष्पर्धा हुने देखिन्छ । पछिल्लो समय धनकुटाबाट निर्वाचित भएर गएका जनप्रतिनिधीले विकासका योजना ल्याउन नसकेको, जिल्लाका व्यापारिक तथा प्रशासनिक केन्द्रहरू सुक्दै गएको जिल्लामा विकासका काम ठप्प भएकाले समग्र त्यसको विकासका लागि आफूले उम्मेदवारी दिएको गठबन्धन बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनीलबहादुर थापा बताउँछन् । त्यस्तै नेकपा एमालेबाट उम्मेदवार रहेका राजेन्द्र कुमार राई आफूले अघिल्लो कार्यकालमा सुरु गरेका योजना सम्पन्न गर्नका लागि समेत आफू लाई धनकुटेली जनताले जिताउनु पर्ने भन्दै मत मागी रहेका छन् ।
संविधानसभामा रहँदासमेत आफूले धनकुटाको विकासका लागि ठूलाठूला योजना ल्याउन सफल भएकोले धनकुटेली जनताले आफू लार्य बिजयी गराउनुपर्ने भन्दै स्वतन्त्र बाट उम्मेदवारी दिएका नेता हेमराज भण्डारी मत माग्न व्यास्त छन् । अन्य उम्मेदवारहरूले पनि आफ्ना आफ्ना एजेन्डा लिएर मतदाता कहाँ पुग्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्