Logo

रूपन्देहीमा कारको ठक्करले शिशुसहित तीनको मृत्यु

सोमबार बिहान रुपन्देहीमा कारको ठक्करबाट शिशुसहित ३ जनाको मृत्यु भएको छ । भैरहवाबाट परासीतर्फ जाँदै गरेको नम्बर नखुलेको एक कारले छठ पूजामा सहभागी हुन जाँदै गरेकाहरुलाई बिहान पौने छ बजे रुपन्देहीको ओमसतिया –४ पननीमा ठक्कर दिएको हो ।
गाडीले ठक्कर दिँदा ३ जनाको मृत्युृ हुनुका साथै अन्य २ जना घाइते भएका थिए । छठ पूजाका लागि पैदल जाँदै गरेकालाई ठक्कर दिएपछि चालक कार सहित फरार रहेको र उनको खोजि भैरहेको प्रहरीले जनाएको छ । मृतक र घाइते एउटै गाउँका रहेको रुपन्देही प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख तथा प्रहरी उपरिक्षक रविन्द्र रेग्मीका अनुसार मृतकहरु ओमसतिया –४ पननीकै वर्ष १४ की सिमा कुर्मी, वर्ष २८ की प्रमिला कुर्मी र ३५ दिनको एक शिशु छन् । त्यस्तै २४ वर्षिय बन्दना कुर्मी (शिशुकी आमा) र सोही ठाउँ बस्ने २६ वर्षिय मन्जु कुर्मी घाइते भएका छन् । उनीहरुकोे भैरहवा स्थित युनिभर्सल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार भइरहेको छ । स्थानियले तिब्र गतिमा रहेको कारले ठक्कर दिई पूर्वतर्फ नै भागेको जनाएका छन् । प्रहरीले दुर्घटनास्थल वरपर सडकमा रहेका विभिन्न प्रतिष्ठान, बैंक तथा संघसंस्थाहरुको सिसिटिभी फुटेज मार्फत अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्