नेपालको जलविद्युतमा लगानी गर्न आग्रह
नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसी तथा मित्रराष्ट्र बंगलादेशका निजी क्षेत्रको उद्योग सम्बन्धी राष्ट्रिय सल्लाहकार सलमान एफ रहमानबीच भेटवार्ता सम्पन्न भएको छ ।
बंगलादेशको भ्रमणमा रहेका उपाध्यक्ष केसी र सल्लाहकार रहमानबीच दुई पक्षीय हितका बारेमा छलफल भएको हो । भेटमा जलविद्युत विकासको क्षेत्रमा नेपाल तथा बंगलादेशको संयुक्त लगानीको विषयमा वार्ता केन्द्रित रहेको बाइएको छ ।
नेपालबाट बंगलादेशमा विद्युत प्रसारण बिस्तार गर्ने, नेपालको जलविद्युत परियोजनामा लगानी प्रवद्र्धन गर्नुका साथै उत्पादित बंगलादेशमा विद्युत खरिद गरी विद्युत ब्यापारमा अगाडि बढ्नुका साथै नेपालका विभिन्न जलविद्युत परियोजनामा भारतीय सरकार तथा लगानीकर्तालाई समेत समाबेश गरी सरकारी स्तरीय लगानी अभिवृद्धि लगायत निजी क्षेत्रबीचको लगानी प्रबद्र्धनका विषयमा समेत वार्ता केन्द्रित रहेको थियो ।
भेटमा रहमान भारतीय सरकारी पक्षलाई पनि अन्तरदेशीय विद्युत व्यापारमा सहभागी बनाई बंगलादेश सरकार नेपालको जलविद्युत क्षेत्रमा लगानी तथा सहयोग बिस्तार गर्नुका साथै नेपाली जलविद्युत खरिद गर्न तत्पर रहेको बताए । । उनले नेपालबाट तत्कालै ५० मेगावात विद्युत खरिद गर्ने विषयमा छलफल जारश्र रहेकाले नेपाल तथा बंगलादेशबीच एक गेम चेन्जर प्रोजेक्टको रुपमा स्थापित हुने बताए ।