बेपत्ता चालक दलका सदस्यको खोजी विस्तृत «

बेपत्ता चालक दलका सदस्यको खोजी विस्तृत

इन्डोनेसियाको मध्यसुलावेसी प्रान्तमा कार्गो जहाज दुर्घटनामा परी बेपत्ता भएका चालक दलका १७ सदस्यको खोजी कार्यलाई विस्तृत बनाइएको इन्डोनेसियाको सरकारी स्रोतले बिहीबार जानकारी दिएको छ ।
गत शनिबार भएको यो घटना चालक दलका एक सदस्यलाई भारतीय जहाजले उद्धार गरेपछि मात्र खुलासा भएको थियो । सो दुर्घटनामा परेका याकोब नामक एक चालक दलका सदस्यलाई मंगलबार उद्धार गरिएको थियो ।
यस कार्गो जहाजमा १८ व्यक्ति सवार रहेका र ती सबै चालक दलका सदस्य भएको जनाइएको छ । सो डुंगा बन्दरगाह सहर वितुङबाट उत्तरी सुलावेसी प्रान्तनजिकै मरोवाली सहरतर्फ गइरहेको थियो ।
चालक दलका सदस्य यस प्रकार हराइरहेको सूचना मंगलबार प्राप्त भएपछि उद्धारकार्य सुरु भएको थियो । बिहीबार उद्धार कार्यलाई विस्तृत बनाइएको छ ।
इन्डोनेसियामा करिब १७ हजार ५ सय द्वीप रहेका र यस द्वीपमा यातायातको प्रमुख साधनका रूपमा डुंगा नै रहेको पाइन्छ ।
कतिपय अवस्थामा व्यक्तिहरूको सुरक्षामा कम ध्यान दिइएको र क्षमताभन्दा बढी यात्रु डुंगामा सवार हुने जस्ता कारणले दुर्घटना हुने गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्