सांग्रिला डेभलपमेन्ट बैंक १८औं वर्षमा

सांग्रिला डेभलपमेन्ट बैंकले १८औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको उपलक्ष्यमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले १० वर्षदेखि निरन्तर काम गरेका कर्मचारीलाई सम्मान गरी कदरपत्र प्रदान गरेका थिए ।
बैंकले आफ्ना ग्राहक तथा सेयरधनीको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई १८औं वार्षिकोत्सव मनाउन सफल भएको जनाएको छ । आगामी दिनमा समेत ग्राहक र सुभचिनतकहरुको सोही किसिमको विश्वासको अपेक्षा रहेको बैंकले जनाएको छ ।