Logo

बिओकेको २५ प्रतिशतसम्मको क्यासब्याक योजना यथावत्

बैंक अफ काठमाण्डूले दसैं, तिहार, नेपाल सम्वत् तथा छठको अवसरमा ल्याएको २५ प्रतिशतसम्मको क्यासब्याक योजना चाडपर्व पश्चात् पनि जारी राखेको छ । बैंकका ग्राहकले मोबाइल बैंकिङबाट क्यूआर स्क्यान गरी विद्युतीय भुक्तानी कारोबारमा २५ प्रतिशतसम्मको नगद फिर्ता पाउन सक्नेछन् ।
बैंकका अनुसार यस योजना अन्तर्गत बैंकको मोबाइल बैंकिङमार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्नेले नगद फिर्ता योजना अवधिको प्रथम कारोबार रकमको २५ प्रतिशत वा १५० रुपैयाँसम्मको नगद फिर्ता पाउनेछन् । यस नगद फिर्ता ३० कात्तिकसम्म रहने बैंकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्