मन्थली नपाको बेतिनीमा खानेपानी समस्या

वर्षाैंदेखि खानेपानीको समस्या बेहोर्दे आएका मन्थली नगरपालिका–६ भलुवाजोर र आसपास बस्तीमा खानेपानी पु¥याउने अभियान सुरु गरिएको छ ।
युगौंदेखि उपभोग गर्दै आएको पानीको मुहान सुकेर बस्ती नै संकटमा परेपछि प्रदेश नं ३ सरकारको १८ लाखको आर्थिक सहयोगमा भलुवाजोरको कुविण्डे र आसपासका बस्तीलाई लक्षित गरी खानेपानीको ल्याउने काम थालिएको हो ।
जतिसक्दो चाँडो गाउँमा पानी खसालेर सर्वसाधारणलाई प्रत्यक्ष रूपमा पानीको समस्या समाधान गराउने दीर्घकालीन योजनासहित त्यहाँका युवाले सुनकोसी नदीको पानीलाई लिफ्ट सिस्टमबाट बेतिनीमा पु¥याउनका लागि नवुघाट बेतिनी लिफ्ट खानेपानी योजनाको नामबाट काम थालिएको उपभोक्ता समितिका अध्यक्ष राजकुमार बम्जनले बताए । उनका अनुसार “अभियानअन्तर्गत पहिलो चरणमा नवुघाटको सुनकोसी किनारमा इनार निर्माणको काम सम्पन्न भइसकेको छ भने
उपभोक्ताको आवश्यकत्ता र मागका आधारमा आरम्भ गरिएको उक्त योजना निर्माणका लागि प्रदेश सरकारसँंग थप बजेट माग गरेकोमा मन्त्रालयले सकारात्मक जवाफ दिएकाले योजनालाई आगामी एक वर्षभित्र समपन्न गर्ने योजानासहित काम भइरहेको छ ।” अभियानअन्तर्गत दोस्रो चरणमा रिजर्भ ट्यांकी र जीआई पाइप जडानको काम अघि बढाउने योजना उपभोक्ता समितिले जनाएको छ ।
करिब ३ सय घरधुरी उपभोक्ता रहेको माथिल्लो बेतिनी र तल्लो बेतिनी आसपासको बस्तीमा केही वर्षअघि तामाकोसी सेवा समितिले खानेपानीको व्यवस्था गरिदिएको थियो । तर योजनाको पानीका मुहान सुकेपछि त्यस क्षेत्रमा लामो समयदेखि खानेपानी अभाव थियो । त्यसकारण त्यहाँका मानिसले तत्कालीन समस्या समाधानका लागि पानीको ट्याँकी र धारामा ताल्चा लगाएर भागमा परेको पानी उपभोग गर्दै आएका थिए ।
आगामी एक वर्षभित्र कामसक्ने गरी अभियान आरम्भ गरिएको सो योजनाका लागि प्रदेश सरकारले चालू आवको बजेटबाट १८ लाख रुपैयाँ उपलव्ध गराएको जानकारी ३ नं प्रदेशका अर्थ मन्त्रीका सल्लाहकार दिनेशराज सुवेदीले बताए ।