Logo

पर्यटकलाई लोभ्याउँदै पाल्पाको तालपोखरा

ko{6sLo uGtJodf /x]sf] kfNKff /fdk’/sf] tfnkf]v/f . 8’ªuf r9]/ tfnsf] aLrdf /x]sf] dlGb/df eQmhgx? hfg] ub{5g . t:jL/ M s[i0f bgf{n /f;; kfNkf

पूर्वी पाल्पाको रामपुरमा रहेको तालपोखरा यतिबेला पाल्पा घुम्न जाने पर्यटकको प्रमुख आकर्षक गन्तव्य बनेको छ ।
बिदाको अवसरमा घुम्न जानेदेखि बाहिरी जिल्लाबाट शैक्षिक अवलोकन भ्रमणमा पुग्ने जो कोहीको रोजाइमा परेसँगै तालपोखरामा पुग्ने पर्यटकको संख्यमासमेत वृद्धि हुँदै जान थालेको हो । फेवा तालको भल्को मेटाउने तालपोखरा दुई दशक अगाडिसम्म सानो पोखरीमा सीमित थियो । तालपोखरालाई क्षेत्र बिस्तार गरी कास्कीको फेवा तालको स्वरुप र शैलीमा पूर्वाधार निर्माण गरिएसँगै यतिबेला तालपोखरामा जाने पर्यटकको उल्लेख्य वृद्धि हुन थालेको छ ।
तालपोखरालाई लुम्बिनी प्रदेश सरकारले एक सय पर्यटकीय गन्तव्य स्थलका रुपमा घोषणा गरेपछि यहाँ पर्यटकको चहलपहल अझ बढेको स्थानीयको भनाइ छ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरलेसमेत दाहिने परेकोे यस तालमा पाल्पासहित छिमेकी जिल्लाहरु रुपन्देही, स्याङ्जा, तनहँु, पूर्वी नवलपरासी लगायतका जिल्लाबाट अवलोकनका लागि पर्यटक पुग्ने गरेको स्थानीयको भनाइ छ ।
स्थानीय नगर सरकारलेसमेत पर्यटन प्रवद्र्धनका लागि डुंगा दौड प्रतियोगिता समय समयमा सञ्चालन गर्दै आएको छ । तीन वर्ष कोभिड १९ का कारण थला परेको पर्यटन व्यवसाय पछिल्लो समयमा सर्वसाधारणलाई खुला गरिएपछि आन्तरिक पर्यटकको मुख्य रोजाइमा तालपोखरा परेको व्यवस्थापन समितिका सचिव सुनिल देवकोटा बताउँछन् ।
तीन तहकै सरकार र पर्यटन बोर्डलेसमेत अबका दिनमा हातेमालो गरेर अगाडि बढेको खण्डमा विदेशी पर्यटकको अध्ययन र अवलोकनको मुख्य गन्तव्य ताल पोखरा बन्नेसचिव सापकोटाको भनाइ छ । उनले तालपोखराले विदेशी मुद्रालाई सहज ढंगबाट स्वदेशमा भित्र्यााउन टेवा पुर्‍याउने बताए ।

प्रतिक्रिया दिनुहोस्