Logo

बोटका विभिन्न मोडल नेपाली बजारमा

भारतको प्रसिद्ध वायरलेस हियरेबल ब्रान्डले सुन्न र लगाउन मिल्ने उपकरणहरु चाँडै नेपाली बजारमा ल्याउने जनाएको छ ।
नेपालमा स्मार्टवाच र हियरेबलको बढ्दो मागसँगै इम्याजिन मार्केटिङले उच्च गुणस्तरका उत्पादनहरू सुपथ मूल्यमा उपलब्ध गराई ग्राहकको आवश्यकता पूरा गर्ने जनाएको छ ।
स्क्वायर डायल भएको वेब प्रो ४७, १.६९ इन्च कलर एचडी डिस्प्लेमा पूर्ण क्यापेसिटिव टच र रेस्पोन्सिभ टच इन्टरफेस रहेको छ । यो डिस्प्लेमा गुणस्तरीय पिक्चर, ५०० निट्स ब्राइटनेस, र विशाल दृश्य अनुभव प्रदान गर्दछ । यसको नवीनतम बोट एयसएपी चार्ज टेक्नोलोजीको सात दिनसम्मको पावर ब्याकअप ३० मिनेटमा ० देखि सय प्रतिशत सम्म चार्ज गर्ने कम्पनीको दावी छ । वेब प्रोमा भएको आइपी ६७ ले यसलाई पसिना, पानी र धुलो प्रतिरोधी बनाउँछ, जसले यसलाई उत्कृष्ट फिटनेस पार्टनर बनाउँछ । देशभर उपलब्ध वेब प्रो ४७ को मूल्य ६,४९९ रहेको छ ।
कम्पनीले बोटको सबैभन्दा नयाँ संस्करणको बोट एक्सटेन्ड सपोर्ट स्मार्टवाच पनि लन्च गरेको छ । यसमा फिटनेस वाचका सुविधाहरू समावेश गर्नुका साथै स्पोर्टी र स्टाइलिस छन् । यसमा सात सय सक्रिय मोडहरू रहेका छन् । जसले प्रयोगकर्ताको निद्राको गतिविधिदेखि पोस्ट वर्कआउटका लागि क्यालोरी ट्रयाक गर्दछ । छिटो चार्ज हुने प्रविधिको साथ तयार पारिएको यो स्मार्टवाचलाई ३० मिनेटमै पूर्ण चार्ज गर्दछ । यो स्मार्टवाच स्पोर्टी १.६९ एचडी डिस्प्लेको साथ आउँदछ जसमा ब्राइट र रेस्पोनसिभ टच इन्टरफेस रहेको छ । यसमा सय प्लस फेस अप्सन छन् जसले प्रयोगकर्ताको भाइबलाई घडीसँग हरेक दिन मिलाउन मद्दत गर्छ । उक्सटेन्ड सपोर्ट नेपालको सबै रिटेल आउटलेटमा ६,४९९ मूल्यमा उपलब्ध छ ।
यस कम्पनीको नयाँ लाइनअपमा बजारमा नेकब्यान्ड– रोकर्ज ३३० र रोकर्ज २२५ प्रो प्लस पनि ल्याएको छ । यी उत्पादनहरू नवीनतम प्रविधि र उच्च गुणस्तरको साथै बोट सिग्नेचर साउन्ड र किफायती मूल्यमा उपलब्ध रहेको बताइएको छ । बजारमा यसको मूल्य ३,३९९ देखि ३,४९९ रुपैयाँसम्म रहेको छ ।

प्रतिक्रिया दिनुहोस्