Logo

सौर्य किरणमा अनन्त ब्रह्माण्डीय ऊर्जा शक्ति हुन्छ । सप्तरङ्गी इन्द्रेणीसमेत मिश्रण सौर्य किरणबाट आज विज्ञानले अनेकौं सुविधायुक्त चमत्कार देखाउँदै छ ।

छठ पर्वको रौनक र सांस्कृतिक समन्वय

शुभकामना दिइँदा दसैँदेखि छठसम्मको एकैपटक दिइने हाम्रो बानी बसिसकेको छ । तिहारपछि त लगत्तै छठ सुरु हुने र यो पर्वको उत्कर्ष यसै कात्तिक १३ गते परेको छ । झन्डै एक हप्तासम्म धूमधामसँग मनाइने गरिन्छ यो पर्व । कार्तिक शुक्ल चौथीमा स्नान, दान, धर्मका साथ सुरु हुने छठ पर्वको विशेष रौनक षष्ठी तिथि नै हो । मिथिला संस्कृतिको अभिन्न अङ्ग बनेको छठ पर्व भन्नु ऊर्जाको केन्द्र सूर्यको उपासना नै हो । यो संस्कृतिको प्रमुख धरोहर छठको परम्पराले मैथिल–थारुलगायत भोजपुरी, अवधिदेखि पूरै हाम्रो तराईक्षेत्र ओगटेको छ । पर्व सञ्चालनका क्रममा केही वर्ष यतादेखि त काठमाडौँको गौरीघाट, नागपोखरी, रानी पोखरी, सबैजसो नदी किनारा नै ढाकेको देखिन्छ । वि.सं. २०४६ देखि राष्ट्रव्यापी चाडका रूप लिएको छठ पर्वमा छठी माताको पूजा गरिन्छ । शुक्ल षष्ठीमा विशेष धूमधामका साथ मनाइने भएकाले यस पर्वको नाम छठ रहेको हो । हरेक जन्मदिनमा दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै गरिने अष्टचिरन्जीवी भनौँ व्यास, वलि, हनुमान, विभिषण, प्रह्लाद, मार्कण्डेय, अश्वत्थामा, पर्शुरामको पूजा उपासना गर्दा षष्ठिका देवीको पूजा उपासना गर्नै पर्ने हुन्छ । सत्ययुगमा अत्रि ऋषिकी पत्नी अनुसूयाबाट पनि षष्ठिका माताको पूजा–उपासना भएको पौराणिक मान्यता छ भने चन्द्रमाको जन्म उनै अत्रि अनुसूयाको गर्भबाट भएको हो । संसारको सत्य सूर्य, चन्द्र, धर्ती, आकाश भनौँ ब्रह्माण्ड नै हो । त्यसैले आद्य गुरु शंकराचार्यको कथन छ ब्रह्म सत्यं जगत् मित्थ्या ।
कोभिड–१९ ले देशका ठूला चाडबाडहरूलाई असर पारेको थियो पहिले, हाल डिँगोको समस्या छ । धेरैलाई विगतभैmँ यसपालि पनि दसैँ खल्लो भयोे, मनसुनका कारण, ठूलो चाड तिहार पनि अनियन्त्रित बजारले यस्तै यस्तै भयो । यसपालि लक्ष्मीपूजामा बिजुली आयात भएन, निकासी भयो, तर चाडबाडकै मुखमा इन्धनको भाउले सबैलाई सतायो, पूmलमालाहरू विदेशबाट ओइरिएकै हुन्, अतीतमा पनि ओइरिएकै हो । भाइ मसला पनि विदेशी नै हो । अन्य कार्यक्रक खुल्ला हुने तर धर्म–संस्कृतिका कार्यक्रम देउसी, भैलो आदिलाई बेलुका ९ बजेपछि प्रतिबन्ध लाग्दा विरोधका स्वर चर्कै देखियो यसपालि पनि ।
पूर्व दिशाबाट झुल्कने सूर्यका अल्ट्राभाइलेट किरणमा जीवात्माका लागि अत्यावश्यक भिटामिन ए र डी पाइन्छ । सौर्य किरणमा अनन्त ब्रह्माण्डीय ऊर्जा शक्ति हुन्छ । सप्तरङ्गी इन्द्रेणीसमेत मिश्रण सौर्य किरणबाट आज विज्ञानले अनेकौं सुविधायुक्त चमत्कार देखाउँदै छ । संसारकै लागि वैज्ञानिक बनेको वैदिक शास्त्रअनुसार मानिसको आत्मकारक ग्रह सूर्य नै हो । अथर्ववेदले सूर्य किरणमा मानवरोग निवारणको प्रचुर शक्ति हुन्छ भनेको छ । निरोगिता, आयु, आरोग्य, देह पुष्टि, बल बद्र्धनका लागि छठको पर्वको रूपमा पूजा आरम्भ भएको सूर्य पूजाको परम्परा हिजोआज प्रमुख सहरहरूदेखि काठमाडौँको धेरै क्षेत्र, पशुपतिको सूर्यघाट, आर्यघाट, विष्णुमतीको छेउछाउ मात्र नभएर अधिकांश मठ, मन्दिर एवं नदी किनारासम्म पुगेको छ । जनकपुरको जानकी क्षेत्र र काठमाडौँको रानीपोखरी क्षेत्रमा त भव्य विवाह उत्सवभैंmँ झकिझकाउ नै हुन्छ । ७२ को भूकम्पपछि नीरस बनेको रानीपोखरी हाल हराभरा भएको छ, माथिबाट खन्याइएको पानी नै भए पनि हेर्न लायक छ । त्यसो त त्यसैको बीच भागमा रहेको यमलेश्वर भनाँै बालगोपालेश्वर मन्दिरले पनि पुनर्जीवन प्राप्त गरेकोे छ । काठमाडौँको नागपोखरी तथा रानीपोखरीमा छठको रौनक देखिएको हो अतीतमा पनि ।
अविवाहितहरूले विवाहपछिको दाम्पत्य सुख र विवाहितहरूले असल पारिवारिक जीवनीको चाहना राखी उदाउँदो सूर्यलाई अघ्र्य दिई एकाबिहानै घाट वा नदी तलाउ किनारमा बसी उपासना गर्ने परम्पराको थालनी अत्रि पत्नी अनुसूयाबाटै भएको र पतिव्रता अनुसूयाले पतिको दीर्घायुको कामना गर्दै छठी माताको पूजा गरी आरम्भ गरेको छठ पर्वले द्वापर युगसम्म निरन्तरता पाई श्रीकृष्णपुत्र शाम्बले कुष्ठरोग निवारणहेतु यो व्रत गरेको कुरा भविष्यपुराणमा वर्णित छ । वेदले वताएको सम्पूर्ण जीव र जगत्को आँखा रूप सूर्य पूजाबाट अन्य मनोकामना पनि पूरा हुने विश्वास गरिन्छ । पुसमा हिन्दू नारीहरू हरेक आइतबार सूर्य उपासना गर्ने गर्छन् भने तागाधारी (जनै लगाउने) हरूले जप्ने सूर्य गायत्री मन्त्रले आत्मिक चुरो, भित्री बल, दृढ इच्छाशक्ति, मनोबल वृद्धि हुने कुरा वैज्ञानिकहरूले पुष्टि गरेका छन् । मानवको उषाकालदेखि जीवन्त सौर्य ऊर्जाले संसारकै प्राणीलाई हित गर्छ भने अघि च्यवन ऋषिकी पत्नी सुकन्याले षष्ठिका व्रत गरेर छठ पूजा गरी अश्विनीकुमारहरूमार्पmत आफ्ना अन्धा पति च्यवनलाई उपचार गरी पुनर्दृष्टि प्रदान गरेकी थिइन् । छठ पूजा समूहमा आबद्ध भएर गरिने पर्व विशेष हो । अघि महाभारत कालमा पाँच पाण्डवहरूले आफ्नो गुप्त बासको, वन बासको समय समूहबद्ध भई सूर्योपासना गरेका थिए, जसबाट सूर्यदेव खुसी भई पाण्डवहरूलाई शक्ति सञ्चयको आशीर्वाद प्राप्त भएको थियो ।
सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु र संहारकर्ता शिवको संयुक्त रूप भनेको सूर्य नै हो । सम्पूर्ण प्राणीमात्रको आत्माका रूपमा रहेको सूर्यले प्राणीहरूलाई ताप शक्ति दिन्छ । न्यानोपना नभए प्राणीको जीवन जीवन्त हुन सक्तैन । कात्तिकदेखि बिस्तारै बढी जाडो हुने गर्छ, यसैले पनि मानिसहरू ताप शक्तितिर लाग्नु स्वाभाविक हो । शीतलताको कारक, मानिसको मनको ऊर्जास्रोत भनेको चन्द्रमा हो । सूर्यले दिनमा महŒव दर्साएभैंmँ चन्द्रमाले रातमा आफ्नो मनमोहक उपस्थिति दर्साएको हुन्छ । शारदीय रात्रिमै भगवान् श्रीकृष्णले संसार चकित पार्ने रासलीला रचाउनुभएको थियो, यसै कार्तिक शुक्ल रात्रि हो । दिन र रात, सुख र दु:ख मानव जीवनको पर्याय नै हो ।
जीवनको आरम्भ जलमा हुन्छ । जलतŒव, ज्वारभाटा, समुद्र चन्द्रमाबाट प्रभावित हुन्छ भने जीवनको सञ्चालन र पालना माटोमा हुन्छ । जल र माटो (पृथ्वी) दुवैको सञ्चालन भने आकाश (सूर्य) नै हो । हाम्रो एक शरीरमा तीन शरीर सञ्चालन भइराखेको हुन्छ । पहिलो हो— माटो अर्थात् स्थूल शरीर (देखिने), दोस्रो हो— मन (सूक्ष्म शरीर, नदेखिने), तेस्रो हो— कारण शरीर आत्मा (झन् नदेखिने) । यसरी स्थूल, सूक्ष्म र कारण शरीर तीनवटैबाट मात्र हाम्रो जीवन जीवीकोपार्जन भइराखेको हुन्छ । छठको दिन बेलुका चन्द्रमालाई खाना, खीर अर्पण गर्ने चलन पनि छ । यसको समष्टि भन्नु जल, माटो र अग्नि (ताप) हो । यी सबैको सामूहिक समर्पणभाव प्रकट गर्दै छठपर्वमा माटोको घडासहित जलाशयमा उपस्थित भई फलपूmल, मिठाई, पक्वान्नहरू, नरिवल आदि लिई सूर्यदेवलाई खुसी पारिन्छ । बेलुकीपख डुब्न लागेको सूर्यलाई अघ्र्य दिई पानीमा डुबुल्की मार्दै, मनोरञ्जन गर्दै गीत, नृत्य, भजनसहित रातभर जाग्राम बसेर छठ पर्व मनाउने धार्मिक, सांस्कृतिक पर्व विश्वकै लागि एक अनुपम रहेको छ । भोलिपल्ट सप्तमीको सूर्योदय नहुँदै आफ्नो इच्छा सिद्धि होस् भनी वरदान माग्ने पनि चलन छ । भिन्सर अर्थात् बिहानै धूप, दीप, जल, पूजा अर्पण गर्दै सूर्य दर्शन गर्ने गरिन्छ । जीवनको नयाँ उत्साह र ऊर्जा प्राप्ति हेतु नवीनतम रस लिएर हरेक दिन उदाउने सूर्यको दृश्य अन्य दिनहरूमा पनि हेर्न लायक छ र त हामी कहिले भक्तपुरको नगरकोट, कहिले पूर्वको इलाम अन्तुडाँडा, कहिले पश्चिमको डँडेलधुरा डाँडो पुग्ने गर्छौं । त्यहाँ महाभारतको डाँडाबाट सूर्यास्तको समेत दृश्य हेर्दा कसलाई रमाइलो नलाग्ला । मौका मिले समुद्रको एकै भागबाट सूर्योदय र सूर्यास्त हेर्न बङ्गालको खाडी र हिन्द महासागरको संगम भारतको कन्याकुमारीक्षेत्र, स्वामी विवेकानन्द शिलास्थलबाट समेत दृश्यावलोकन गर्न विश्वकै पर्यटकहरूको घुइँचो लाग्ने स्थल पनि कम महŒवको छैन । जीवन आपैmँमा यात्रा नै हो, घुमफिर नगरी कसरी बस्न सकिन्छ र ?

प्रतिक्रिया दिनुहोस्