Logo

झापामा ‘दिदीबहिनी टीका’ बढ्दै

सामान्यतया : भाइटीका दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरंगी टीका लगाएर मनाइने चलन भएपनि पछिल्लो समय झापामा ‘दिदीबहिनी टीका’ लगाउनेको सख्या वढ्दै गएको छ ।
झापा बिर्तामोड –२ चारपानेका मन्दिरा रिजाल र मोनिका रिजाल, शिवसताक्षी –१० माइधारका स्वस्तिका संग्रौला र स्मारिका संग्रौला, अर्जुनधारा –५ कञ्चनबारीका प्रकृति न्यौपाने र प्रनिका न्यौपाने, बिर्तामोडका अस्मिता उप्रेती र संचिता उप्रेतीलगायतले तिहारको भाइटीकाको दिन एक–आपसलाई सप्तरंगी टीका लगाएर ‘दिदीबहिनी टीका’ मनाएका छन् ।
दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाएर भाइटीका मनाइने चलन भएपनि आफ्ना दाजुभाइ नभएपछि उनीहरुले भाइटीकाको दिन एक–आपसलाई सप्तरंगी टीका लगाएर ‘दिदीबहिनी टीका’ मनाएका हुन् ।
आफ्ना दाजुभाइ नभएपछि विगत सात वर्ष अघिदेखि दिदिबहिनी मिलेर भाइटीकाको दिन एक–आपसलाई सप्तरंगी टीका लगाएर ‘दिदीबहिनी टीका’ मनाउँदै आएको प्रकृति न्यौपानेले बताइन् ।
उनले भनिन्, “परम्परा तोड्न होइन, दाजुभाइ नहुने दिदीबहिनीका लागि लागि ‘दिदीबहिनी टीका’ शुरुवात हो। हाम्रो संस्कृति एवम् चाडपर्वले तिहारमा दिदीबहिनीले दाजुभाइलाई भाइटीका लगाउने र दिदीबहिनी दाजुभाइ नभए यमलेश्वरमन्दिर जाने भनियो, तर सँगै भएका दाजुभाइबीच वा दिदीबहिनीबीच टीका लगाउन सिकाएको छैन । निधार खाली राखेर मन दु:खी बनाउनु भन्दा आफूसंग जे पयार्प्त हुन्छ, त्यसमै चित्त बुझाउने संस्कृतिको सुरुवात हामीले गर्यौ । मैंले मसंग भएकी बहिनीसंग भाइटीकाको खुशी खोजें,बहिनी भए नि भाइ भए नि साइनो उही हो, प्रेम उही हो ।”
त्यस्तै विगत तीन वर्षदेखि आफूहरुले भाइटीकाको दिन एक–आपसलाई सप्तरंगी टीका लगाएर ‘दिदीबहिनी टीका’ लगाउन थालेको मन्दिरा रिजाल बताउँछिन् । उनले भनिन्, “आफ्ना दाजुभाइ नभएकाले तिहार र भाइटीका खल्लो हुने गथ्र्यो । भाइटीकाका लागि कि त फुपुका छोराहरु कहाँ जानुपर्थ्यो। कि त खाली निधार बस्नुपथ्र्यो । प्राय: जुठो परेर भाइटीका लगाउन पाइँदैन थियो । जसले गर्दा भाइटीकाको दिन खाली निधार बस्नुपर्थ्यो। त्यही भएर विगत तीन वर्षदेखि भाइटीकाको दिन एक–आपसलाई सप्तरंगी टीका लगाएर ‘दिदीबहिनी टीका’ लगाउन थालेका हौं ।”
आफूले बहिनी मोनिकासंग सप्तरंगी टीका लगाएर उपहार र शुभाशीष आदान प्रदान गर्दा दाजुभाइको अभाव महसुस नभएको उनले बताइन् । दाजुभाइ नहुनेले अन्यत्र खोज्नु भन्दा भाइटीकाको दिन दिदीबहिनीले एक–आपसलाई सप्तरंगी टीका लगाएर ‘दिदीबहिनी टीका’ मनाउँदा आनन्द आउने गरेको उनले बताइन् । त्यस्तै स्वस्तिका संग्रौलाले ए दुई बहिनी मात्र पो हो ? दाजुभाइ छैनन् ? तिहारमा कसलाई टीका लगाइदिन्छौ त ? जस्ता नमिठो प्रश्न सोधेर हैरान लगाउन थालेपछि आफूहरुले भाइटीकाको दिन एक–आपसलाई सप्तरंगी टीका लगाएर ‘दिदीबहिनी टीका’ लगाउन थालेको बताइन् । उनले इश्वरका बरदान छोराछोरी समान हुन् भन्ने मान्यतालाई स्थापित गर्न दिदीबहिनीले एकापसमा टीका लगाएर तिहारलाई खल्लो हुन नदिएको बताइन् ।
त्यस्तै अस्मिता उप्रेतीले विगत तीन वर्षदेखि आफूहरुले भाइटीकाको दिन एक–आपसलाई सप्तरंगी टीका लगाएर ‘दिदीबहिनी टीका’ लगाउन थालेको बताइन् । आफ्ना दाजुभाइ नभएपछि भाइटीका खल्लो भएपछि भाइटीकाका दिन खाली निधार राखेर बस्नुपर्दा दु:ख लागेपछि आफूहरुले भाइटीकाको दिन एक–आपसलाई सप्तरंगी टीका लगाएर ‘दिदीबहिनी टीका’ लगाउन थालेको उनले बताइन् । भाइटीकाको दिन दिदीबहिनीले एकापसमा टीका लगाउनुलाई राम्रो सुरुवात भएको जानकार बताउँछन् । — तुलसीप्रसाद निरौला

प्रतिक्रिया दिनुहोस्