दुई दिने नेपाल–जर्मन मार्ट २०२२ मेला सुरू

शनिबारबाट काठमाडौंमा दुई दिने नेपाल–जर्मन मार्ट २०२२ मेला सुरु भएको छ ।
भर्चुअली रुपमा मेला एक हप्तासम्म चल्ने भएपनि भौतिक उपस्थितिमा भने मेला दुई दिन मात्रै चल्ने भएको हो । मेला काठमाडौंको ज्ञानेश्वरस्थित जर्मन दूतावास परिसरमा सञ्चालन भइरहेको छ । जर्मन दूतावास र नेपाल जर्मन चेम्बर अफ कर्मस एण्ड इण्डस्ट्रीको संयुक्त पहलमा सञ्चालन भएको मेलामा नेपालबाट निर्यात हुने सामग्री र जर्मनबाट नेपाल आयात हुने वस्तुहरु राखिएको नेपाल जर्मन चेम्बरका अध्यक्ष अनुपबहादुर मल्लले बताए ।
मेलामा कुल ४० वटा स्टल रहेको र जसमा ३५ वटा स्टलहरु नेपाली उत्पादित सामग्री र ५ वटा खानेकुराका स्टलहरु राखिएको छ । उनले लामो समय यता कोरोना भाइरसका कारण सुस्ताएको व्यापार सम्बन्धलाई थप प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गरेको बताए । अध्यक्ष मल्लले नेपाली अर्थतन्त्रलाई बढाउन थोरै भएपनि मेला कोशेढुंगा सावित हुने बताए ।
त्यस्तै नेपाल जर्मन चेम्बरका वरिष्ठ उपाध्यक्ष सन्तोषचन्द्र कुँवरले नेपालमा उत्पादन हुने सामग्री र जर्मनबाट आयात हुने सामग्रीहरु प्रदर्शनमा राखिएको बताए ।