आरएमडीसी लघुवित्तको सहयोग «

आरएमडीसी लघुवित्तको सहयोग

आरएमडीसी लघुवित्त वित्तीय संस्थाले मंगलबार आरएमडीसीले सिन्धुपाल्चोक जिल्ला, बाह्रबीसे नपा–६, गाती सिन्धुपाल्चोकस्थित कालीदेवी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक सामग्री वितरण गरेको छ सो कार्यक्रमको संयोजन मानुषी लघुवित्त वित्तीय संस्थाले गरेको छ ।
सो शैक्षिक सामग्री वितरण कार्यक्रममा आरएमडीसी सञ्चालक समितिका अध्यक्ष सुजाता जोशी, सञ्चालक सदस्य वासुदेव आचार्य, प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाको उपस्थिति रहेको पनि संस्थाले जनाएको छ ।
साथै, सो कार्यक्रममा मानुषी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत सोभा बज्राचार्य, सो बडाका वडा अध्यक्ष, विद्यालय ब्यवस्थापन समितिका सदस्यहरू, विद्यालयका शिक्षक शिक्षिका तथा केही अभिभावकहरूको समेत उपस्थिति रहेको तथा वडाका वडाअध्यक्ष मोहनलाल श्रेष्ठले शैक्षिक सामग्री वितरणले बालबलिकालाई हौसला मिलेकोे विचार व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्