Logo

पृथ्वी राजमार्गको धादिङ खण्डको गल्छिमा रात्री बसले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।

बुधबार राती गल्छिमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

बुधबार राती १० बजे काठमाडौंबाट सिराहा जाँदै गरेको बा।प्र। ३ ००१ ख ०७२२ नंं।को यात्रुबाहक रात्री बसले गल्छि गाँउपालिका वडा नं। ७ स्थीत् खेस्टेखोला पुलनजिकै बिपरित दिषाबाट आँउदै गरेको बा ९२ प २३६९ नंं।को मोटरसाईकललाई ठक्कर दिदाँ बसको मोटरसाईकल चालक थाँक्रे गाँउपालिका वडा नंं।११ का २६ बर्षिय सुनिल थापाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएस्पी श्याम बहादुर खत्रीका अनुसार उक्त दुर्घटनामा परी मोटरसाईकलमा सवार अर्का सोहि स्थानका ३४ बर्षिय रमेश लामा घाईते भएका छन् । उनको स्थानिय अस्पतालमा उपचार भईरहेको छ ।

दुर्घटनापछी आक्रोशित् स्थानियले बसमा आगजनी गरेका थिए । आगजनीबाट बस पुर्णरुपमा क्षती भएको छ । नगरपालिकाको दमकलले आगो नियन्त्रण गर्न मद्दत गरेको थियो । बसमा लागेको आगो नियन्त्रणमा आएलगत्तै गएरातीबाटै दुईतर्फी सडक संचालमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्