Logo

नेत्रराज पौडेललाई एमालेले रोक्न सकेन

आगामी मंसिर ४ मा हुन गइरहेको बागमती प्रदेश सभा सदस्यमा एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका नेत्रराज पौडेललाई एमालेले रोक्न सकने । पार्टी सदस्य रहेर वागी उम्मेदवारी दिए पार्टीले र्कावाही गर्ने धम्कि दिदै उम्ेदवारी फिर्ता गराउने वा निस्कृय बनाउन काम पार्टी तहबाट चलिरहेको छ । तर पौडेललाई एमालेका नेता वा कार्यकर्ताले रोक्ने सक्न सकेनन् । एमालेका कार्यकर्ताहरु नै पौडेललाई ढाडस दिदैछन् नछोड्नु भनेर । पौडेल भन्छन् उम्मेदवारी दिएपछि फिर्ता गरिन । अब त विजुलीको चिम चुनाव चिन्ह छ । घर घरमा झलल बललिरहेको छ । भोट गनिसकेपछि मात्र चिम विश्राम लिन्छ । धादिङ प्रतिनिधि सभा १ प्रदेश सभा क बाट उम्मेदवार बनेका पौडेलले उम्मेदवार बनेकाछन् ।
नेपाल कम्पुनिष्ट पार्टी धादिङका पूर्व अध्यक्ष नेकपा पार्टी विभाजन पश्चात अध्यक्ष पद छाडेर निस्क्रिय बसेका पौडेललाई नेतृत्वले प्रदेश सभाको टिकट दिन्छौ भनेर झुक्याएपछि विच्किएका पौडेल उम्मेदवारी निस्कृय पार्ने कुरा सोच्न पनि नसक्ने विषय भएको बताए । आज (शनिवार) काठमाण्डौमा भेटघाट कार्यक्रम गरेको दुई सय भन्दा बढी कार्यकर्ता भेला भए । मेरो उम्मेदवारी फगत मेरो मात्र होइन । इमान्दार एमालेका कार्यकताहरुको उम्मेदवारी हो । जो अन्याय सहन सक्दैन । पौडेलले दोर्‍याए एमालेले बागमती प्रदेश कमिटीमा सदस्य बनाएको थियो । म बैठकमा समेत सहभागी भईन । जिल्ला तहका, प्रदेश तहका, केन्द्रीय पदाधिकारीहरुले समेत तपाई पार्टीमा सक्रिय हुन पर्‍यो भनेर आग्रह गर्नु भयो । मैले उम्मेदवारी दताको काम सक्नुस । निर्वाचनका वेलमा पार्टीको बफदार कार्यकता भएर आउँछु भन्दा नेताहरुले चुनावमा उम्मेदवार हुन तयार भएर आउनु भने । तर टिकट प्रदेश कमिटीले नचिनेकोे व्यक्तिलाई दिएपछि म र म जस्तै इमान्दार कार्यकताहरुसंग विकल्प राजनीति आत्मा हत्या बाहेक केही रहेन । २०३८ सालमा संस्थापक नेता राजेन्द्र प्रसाद पाण्डे र जगन्नाथ नेपालको राजनीति प्रशिक्षणबाट अनेरास्ववियुको राजनीति शुरु गरेको हुँ । २०३९ सालमा प्रारम्भिक कमिटी, २०४१ सालमा जिल्ला कोषाध्यक्ष हुदै २०४३ सालमा तत्कालिन मालेको इलाका कमिटी सचिव भए । २०४७ सालमा पार्टी सदस्यता प्राप्त गरे । २०४८ सालमा एमाले जिल्ला कमिटी सदस्य भए । २०५४ सालमा जिल्ला विकास समिति सदस्य भए । निरन्तर पार्टी कमिटीमा काम गरिरहे । २०६५ सालमा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य भए । एमाले र माओवादी केन्द्र एकीकरण पछि नेकपाको जिल्ला अध्यक्ष भए । उम्मेदवारी दर्ता गराउनु अघिसम्म नेकपा एमाले बागमती प्रदेश कमिटीको सदस्य थिए । म पार्टी नेतृत्वहरुको गतिविधि मन नपरेर विश्राम लिएर बसेको थिए । पार्टीका जिल्ला, प्रदेश र केन्द्रीय कमिटीका पदाधिकारीले नै पार्टी संकटन परेको तपाईलाई नै थाहा छ । तपाई प्रदेश सभाको उम्मेदवार बन्ने गरी तयार हुन गरेको आग्रहलाई जर्वजस्त स्वीकार गरेर अघि बढ्नु अघि नरेश खतिवडा र रमेश आर्चायसंग समेत परार्मश गरेर अघि बढेको थिए । खतिवडाले तपाई आउने हो भने म इच्छा जाहेर पनि गर्दिन भन्नु भयो । आर्चायले म पाए संघमा हुने हो प्रदेशमा तपाई नै हो भन्यो । अन्तिमा मलाई राजनीति आत्मा हत्याको बाटोमा पुर्‍याउन केन्द्रीय पदाधिकारी समेत लागे । अघि बडिसकेपछि नेता कार्यकर्ता मतदातासम्म उम्मेदवार हुने चर्चा पुगिसकेकोले पार्टी नेतृत्वको गलत प्रवृतिको विद्रोह गरेर धादिङ प्रतिनिधि सभा १ प्रदेश सभा क बाट मेरो उम्मेदवार भएर प्रचार प्रसारमा जुटेको छु । मतदमताको निर्णयनै अन्तिम निर्णय हो भनेर अघि बढेको छु । मेरो उम्मेदवारी कुनैपनि सर्तमा निस्कृय नहुने पौडेलले बताए ।
तस्वीर :
१. धादिङ प्रतिनिधि सभा १ (क) बाट प्रदेश सभा दस्यको स्वतन्त्र उम्मेदवार बनेका नेत्रराज पौडेलको चुनाव चिन्ह विजुलीको चिम ।

प्रतिक्रिया दिनुहोस्