आरविवि मर्चेन्टको नगद लाभांश प्रस्ताव पारित

राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा संचालित सहायक कम्पनी आरविवि मर्चेन्ट बैंंकिङ लिमिटेडकोे सातौ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सञ्चालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी देवेन्द्ररमण खनालको अध्यक्षतामा भएको साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ मा ७.५ प्रतिशत नगद लाभांशसहित वार्षिक प्रतिवेदन प्रस्ताव पारित गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हाल शहरी क्षेत्रमा मात्र सीमित रहेको मर्चेन्ट बैकिङ्ग सेवालाई ग्रामिण क्षेत्रमा समेत विस्तार गर्ने दीर्घकालिन सोच अनुरुप रणनीति तयार गरी आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने र दूरदराजमा रहेका जनताहरुले पनि मर्चेन्ट बैकिङ्ग सेवा लिन सकिने वातावरण बनाए ।
साधारणसभामा आरविवि मर्चेन्ट बैंंकिङ लिमिटेडका संचालकहरु सरस्वती अधिकारी, पवन रेग्मी, दुर्गा कुमारी कंडेल, राजेन्द्रप्रसाद दाहाल, बैंकका उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, विमल डंगोल, विनयरमण पौडेल, बैंकका कम्पनी सचिव हेमराज खरेल, कम्पनी रजिष्ट्रार कार्यालयकी उपरजिष्ट्रार शेखरबाबु कार्की, महालेखा परीक्षक कार्यालयका कमल सिलवाल, आन्तरीक लेखापरीक्षक सिए एकराज सिग्देल, आरविवि म्युचल फण्डका लेखापरीक्षक सिए मुना प्रसाद लगायत मर्चेन्ट बैंकिङका कर्मचारीहरुकोे उपस्थिति रहेको थियो ।