एमजी जेडएस इभीको बुकिङ खुला «

एमजी जेडएस इभीको बुकिङ खुला

नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्सले लङ रेन्जको विद्युतीय गाडी एमजी जेडएस् इभिको बुकिङ खुला गरेको छ ।
४४० किलो मिटर रेन्ज भएको यस विद्युतीय गाडीको ब्याट्री ७२.६ केडब्ल्यूएचको छ भने यसको ग्राउन्ड क्लियरेन्स १७५ मिमी छ । एमजी जेडएस इभिको इन्टेरियर र एक्स्टेरियरमा नयाँँ डेकोरेसन र अपडेट गरिएको छ ।
यसको इन्टेरियरमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले रहेको छ । साथै, यसमा रोटरी डायल गियर नब, ड्राइभिङ मोड र ब्रेकिङ रिजेनेरेसन छ । यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलइडी डिआरएल, एलईडी टेल ल्याम्पहरू छन् । एमजी पाइलट नाम दिइएको अटोम्याटिक इमर्जेन्सी ब्रेकिङसहितको एड्भान्स्ड ड्राइभर अस्सिस्ट्यान्स सिस्टम भएकोले यो गाडी एकदमै सुरक्षित मानिएको छ ।
यसमा ११५ किलोवाटको पावर र २८० एनएम टर्क भएको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर रहेको छ । यो गाडी ८.५ सेकेन्डमा १०० किलोमिटर प्रति घण्टाको दरमा गुड्न सक्छ । एमजीको सिग्नेचर ग्लोबल डिजाइन भएको यो एलेक्ट्रोनिक गाडीमा पानोरमिक सनरुफ, १७ इन्चको डायमन्ड् कट एलोय व्हील्स र २.५ को पिएम फिल्टर लगायत अन्य धेरै सुविधाहरू रहेका छन् ।
यसमा पावर्ड ड्राइभर सिट, अटोमेटिक हेडलाइट र वाइपर, कनेक्टेड कार टेक्नोलोजी, ६ वटा एयरब्याग, हिल स्टार्ट, डिसेन्ट कन्ट्रोल अल–ह्वील डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम र इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल छन् । यसको चार्जिङ पोर्ट एमजी ब्याजको छेउमा राखिएको छ । साथै, यसमा मोबाइल वायरलेस चार्जिङ, ब्लाइन्ड स्पट मोनिटरिङ, अडप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ३६० डिग्री क्यामेरा पनि रहेको कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्