सेञ्चुरी क्यापिटल मार्केटको लगानीकर्ता सचेतना कार्यक्रम «

सेञ्चुरी क्यापिटल मार्केटको लगानीकर्ता सचेतना कार्यक्रम

सेञ्चुरी क्यापिटल मार्केट लिमिटेडले लगानीकर्ता सचेतना तथा अभिवृद्घि कार्यक्रम गरेको छ ।
धितोपत्र नियमन निकायको अन्तर्राष्ट्रिय संस्था इन्टरनेशनल अर्गनाइजेसन या सेक्युरिटीज कमिसनकोे आव्हानमा २६ असोजदेखि १ कात्तिकसम्म धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धि देशब्यापी रुपमा सचेतना कार्यक्रम भइरहेको छ ।
सेञ्चुरी कमर्सियल बैंकको पनौती शाखा प्रमुख नविन माकाजुको संयोजकत्वमा सञ्चालित उक्त सचेतना कार्यक्रममा सेञ्चुरी क्यापिटल मार्केटका लगानी व्यवस्थापन प्रमुख अञ्जु महर्जनले सेयर बजार सम्बन्धि बेसिक, फण्डामेण्टल र टेक्निकल एनालाईसिस अफ सेक्युरिटिज मार्केट विषयमा प्रशिक्षण दिए । उनले धितोपत्र बजारमा जोखिमरहित लगानीका लागि महत्वपूर्ण सुझाव तथा जानकारी पनि दिए । महर्जनले दोश्रो बजारमा धितोपत्र कारोबार गर्दा कम्पनीको वित्तीय विवरण तथा कम्पनीको व्यवस्थापन हेरेर मात्र लगानी गर्न सुझाव दिए । क्यापिटलका वित्त ब्यवस्थापन प्रमुख मञ्जुषा श्रेष्ठले हितग्राही खाता सञ्चालन, सेयर अभौतिकरण तथा लगानी ब्यवस्थापन सम्बन्धमा क्यापिटलबाट नि:शुल्क परामर्श तथा सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् ।
बैंकको धुलिखेलका शाखा प्रबन्धक हरिकृष्ण दाहालले हितग्राही खाता तथा मेरो सेयरको सेवा बैंकका शाखा कार्यालयबाट प्रदान गर्दै आएको र लगानी व्यवस्थापनमा समेत बैंकको शाखा मार्फत सहजिकरण गरिने बताए । कार्यक्रममा सेयर लगानीकर्ता, बैकर्स, उद्योगी, व्यापारी, सहकारीकर्मी, विद्यार्थी तथा सेञ्चुरी कमर्सियल बैंकका पनौती, बनेपा, नाला, साँगाका शाखा प्रबन्धक तथा कर्मचारी उपस्थित थिए । क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिको लागि समय समयमा सेयर तथा पुँजी बजारसँग सम्बन्धित तालिम, वर्कसप तथा सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्