Logo

घरेलु उपकरण ब्रान्ड ‘बोश’ नेपालमा

युरोपको चर्चित घरेलु उपकरण निर्माता कम्पनी बिएसएच होम अप्लायन्सेसको ‘बोश’ ब्रान्ड नेपाली बजारमा भित्रिएको छ ।
नेपालको लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इलेक्ट्रो टेकसँगको साझेदारीमा बिएसएच होम अप्लायन्सेसले नेपालमा बोश ब्रान्ड सार्वजनिक गरेको हो । बिएसएच होम अप्लायन्सेसले अबको दुई वर्षभित्र बोश ब्रान्डका घरेलु उपकरणहरूलाई बजारमा विस्तार गर्ने योजना राखेको बताइएको छ । कम्पनीले कमलादीस्थित आइटी प्लाजामा बोशको अत्याधुनिक स्टोरको स्थापना समेत गरेको छ ।
स्टोरमा बोशका उच्च गुणस्थरीय रेफ्रिजरेटर (फ्रिज), वासिङ मेसिन, डिशवासर, मिक्सर ग्राइन्डर र थप उपकरणहरू प्रदर्शनी एवम् बिक्रीको लागि राखिएको छ । यी सबै जर्मन प्रविधिमा आधारित उपकरणहरू हुन् ।
बिएसएच होम अप्लायन्सेसको भारत र सार्क राष्ट्रका लागि प्रवन्ध निर्देशक एवम् प्रमुख कार्यकारी अधिकृत निरज बहलले भने, “हामी नेपालमा प्रवेश गर्न पाउँदा निकै हर्षित छौं । सार्क राष्ट्रमा हाम्रो बजार विस्तार गर्ने रणनीतिको लागि यो एक महत्वपूर्ण कदम समेत सावित भएको छ ।”
प्रवन्ध निर्देशक एवम् प्रमुख कार्यकारी अधिकृत निरज बहलले नेपालमा घरेलु उपकरणहरूको बजार द्रुत रूपमा बढिरहेको बताए ।
बोश ब्रान्ड नेपाली बजारमा सार्वजनिक गर्दै र लक्ष्मी ग्रपसँगको साझेदारीबारे लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकर श्रेष्ठ भने, “नेपाली उपभोक्ताहरूको लागि गुणस्तरीय घरेलु उपकरणहरू भित्र्याउने बिएसएच होम अप्लायन्सेससँग साझेदारी गर्न पाउँदा खुशी छौं । लक्ष्मी ग्रुप नेपाली बजारका लागि गुणस्तरीय उत्पादन र भरपर्दो सेवा प्रदान गर्न सधैं अग्रपंक्तिमा रहेको छ ।”
उनले बोश ब्राण्डका उपकरणहरूको गुणस्तरमा आफूहरू विश्वस्त रहेको बताउँदै सबै उपकरण उपभोक्ता केन्द्रित रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्