बैंक अफ काठमाण्डूको नगद फिर्ता योजना

बैंक अफ काठमाण्डूले तिहारलाई लक्षित गर्दै मोबाइल बैंकिङबाट क्यूआर स्क्यान गरी विधुतीय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले २५ प्रतिशतसम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको छ ।
यस नगद फिर्ता योजना १ देखि ६ कात्तिकसम्म मात्र रहने छ । यस योजना अन्तर्गत बैंकको मोबाइल बैंकिङमार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्ने ग्राहकले मात्र नगद फिर्ता पाउने बताइएको छ । उक्त नगद फिर्ता योजना अन्र्तगत बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताले नगद फिर्ताको लागि योजना अवधिको प्रथम कारोबार रकमको २५ प्रतिशत वा १५० रुपैयाँसम्मको नगद फिर्ता पाउने बैंकले जनाएको छ ।
बैंकले ग्राहक तथा सेधरधनीको उच्चतम् लाभलाई ध्यानमा राखी विभिन्न समयमा ल्याएको विभिन्न ग्राहक मैत्री योजनाहरु तथा बैंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट २०.९५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव ल्याएको छ ।