युएईको इमिरेट्स इण्डियाबाट इसेवाको रेमिट्यान्स सेवा सुरू

स्थापनाको दुई वर्षको अवधिमा संसारका २०० भन्दा बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्राउँदै इसेवा मनी ट्रान्सफर र संयुक्त अरब इमिरेट्स्को इमिरेट्स इण्डिया इन्टरनेसनल एक्सचेञ्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।
यो सम्झौता सँगै युएईमा स्थायी रुपमा तथा कामको शिलशिलामा बसोबास गर्दै आएका नेपालीले, इमिरेट्स इण्डियाका संयुक्त अरब इमिरात्स(युएइ) स्थित युएइ, अबुधाबी, सारजाह लगायत अधिकांश स्थानमा रहेका ३३ वटा शाखाबाट सुरक्षित र विश्वासिलो तवरले डिजिटल माध्यमबाट रेमिट्यान्स् पठाउन सकिनेछ ।
इमिरेट्स इण्डिया मार्फत नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई, जुनसुकै बैंक तथा वित्तीय संस्थाको खातामा तथा पाउने व्यक्तिको इसेवा वालेट्मा तुरुन्तै रकम पठाउन सकिनेछ ।
यसका साथै इमिरेट्स इण्डियाको वेबसाइटबाट पनि अनलाइन सेवा प्रयोग गरि इसेवा मनी ट्रान्सफरमार्फत नेपालमा पैसा पठाउन सकिनेछ भने निकट भविष्यमै कम्पनीको मोबाइल एपबाट पनि यो सेवा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
हाल इसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान जारी रहेको हुनाले इमिरेट्स इन्डियाको माध्यम हुँदै युएईबाट सोझै बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा ६ महिनाको अवधिसम्म हरेक महिना एक जना सेवाग्राहीले आकर्षक उपहार तथा योजनाको अन्त्यमा एक जनाले काठमाडौँमा घर समेत जित्न सक्नेछन् ।
इमिरेट्स इण्डियामार्फत आफ्ना आफन्त तथा इष्टमित्रलाई नगद रेमिट्यान्स पनि पठाउन सकिनेछ । जसलाई नेपालभर रहेका इसेवा मनी ट्रान्सफरका एक लाख १२ हजार भन्दा धेरै एजेन्ट नेटवर्कको सञ्जालबाट प्राप्त गर्न सकिनेछ । इमिरेट्स इण्डियामार्फत आएको नगद रेमिट्यान्स आफ्नो इसेवा वालेट्मा प्राप्त गर्दा सेवाग्राहीले थप २०० रुपैयाँ बोनस समेत पाउने छन् भने मेरो डिजिटल देश अभियानमा सहभागी भइ उपहारहरु जित्न सक्नेछन् ।
रेमिट्यान्स भुक्तानी सम्झौतामा इसेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र इमिरेट्स इण्डियाका तर्फबाट जनरल म्यानेजर अली मोहम्मद एलम्रानीले हस्ताक्षर गरेका छन् ।
इमिरेट्स इण्डिया इन्टरनेसनल एक्सचेञ्ज सन् १९८० मा स्थापित भएर युएइमा बैंक ट्रान्सफर, अन्तर्राष्ट्रिय मुद्रा एक्सचेञ्ज, मोबाइल मनी ट्रान्सफर लगायतका आधुनिक प्रविधिका डिजिटल सेवाहरु प्रदान गर्दै आइरहेको छ । विगत ३ दशक भन्दा बढि समयदेखि मनी ट्रान्सफर लगायतका अन्य सेवा प्रदान गर्दै आएको यस कम्पनीले हाल युएइका ३३ वटा शाखाबाट सेवाग्राहीलाई सेवा प्रदान गरिरहेको छ ।
इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ५० लाख भन्दा बढी प्रयोगकर्ताहरु र ६० भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ । इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई आफ्ना एक लाख १२ हजार भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका डेढ लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।