Logo

व्यावसायिक रूपबाट कृषकहरूलाई आकर्षित गर्ने उद्देश्यले फूलको खेती विस्तार गरेमा अर्बौं रुपैयाँको पुष्प विदेशी बजारमा निर्यात गर्न सकिन्छ ।

रोपेर फूल गोदावरी, सजाऔँ घरआँगन वरिपरि

ललितपुरको जावलाखेल मैदानमा गोदावरी फूलको व्यावसायिक विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले १५ औं गोदावरी पुष्प मेला सम्पन्न भएको छ । यस मेलामा व्यावसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल २ र सूचनामूलक ४ गरी ५५ स्टल रहेको मेला संयोजकले जानकारी दिएका छन् । यसर्थ ‘रोपेर फूल गोदावरी, सजाऔँ घरआँगन वरिपरि’ भन्ने नारा रहेको प्रदर्शनीले पुष्प व्यवसाय प्रवद्र्धन गर्न र व्यवसायीबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादनमा टेवा पुर्‍याउने अपेक्षा लिइएको थियो । मूलत: तिहार तथा छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको प्रदर्शनी गरिएको हो । यो मेला विगत वर्षहरूमा कोरोनाको कारण हुन सकेको थिएन । यसरी यो फूलक्षेत्रको मुख्य पर्वजस्तै मानिएको मेला यस वर्ष मेला आयोजना गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जानकारी दिएको छ । नेपालीहरूको नजिकिँदै आएको महान् पर्व तिहारलाई लक्षित गरी कात्तिक ३ देखि ६ गतेसम्म चार दिन सञ्चालन भएको छ । उक्त पुष्प व्यवसाय प्रवद्र्धनका सम्बन्धमा समयअनुकूल व्यावसायिकतातर्फ उन्मुख गर्न फूलको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पुर्‍याउनका लागि यस प्रदर्शनीको उल्लेखनिय योगदान रहेको सम्बन्धित क्षेत्रले जानकारी दिएको छ । उक्त मेला पुष्प व्यवसाय सञ्चालन गर्न चाहने, घरआँगन तथा बगैंचा सजाउन चाहने, फूलबिरुवाप्रति अभिरुचि राख्ने, यससम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैका निम्ति उपयोगी भएको बताइएको छ । तसर्थ देश गोदावरी र मखमली फूलमा आत्मनिर्भर भइसकेको छ भने अहिले पनि सयपत्री फूलमा मुलुक आत्मनिर्भर हुन सकेको छैन । फलत: आधुनिक तरिकाले फूलखेती गर्न फूल किसानलाई सरकारले सक्दो सहयोग गर्न तिहारलाई लक्षित गर्दै आयोजना गरिएको मेलामा सयपत्री, मखमली र गोदावरीका फूलहरू प्रदर्शनी गरिएका छन् । यसरी आउँदो तिहारका बेला हरेक वर्ष भारतबाट सयपत्री पुष्प आयात गर्नुपर्ने हुन्छ । यसरी मौसमी पुष्प (विशेष तिहार र भ्यालेन्टाइन डे) का कारोबारका लागि भारतमा निर्यात हुन्छ भने कट फ्लावरको आन्तरिक माग स्वदेशले नै धानिरहेको फ्यानका अध्यक्षले बताउँदै आएका छन् । मुलुकको पुष्प उत्पादनमा सरकारी सहयोग नहुनु हाम्रा लागि चुनौती भएको छ । तर, यसमा निजी क्षेत्रको मात्र प्रयासले पनि पुष्प व्यवसायमा वृद्धि भइरहेको व्यवसायीहरूको भनाइ रहेको पाइन्छ । यस व्यवसायमा लगानी बढी र अरू कृषि प्रणालीभन्दा फरक भएकाले पुष्पक्षेत्रको विकास सुस्त भएको कुरा सम्बन्धित क्षेत्रले दाबी गरेको छ ।
देशमा बढ्दै गइरहेको पुष्प व्यवसायलाई ध्यान दिई सरकारले हालैमात्र पुष्प प्रवद्र्धन नीति ल्याएको छ । यसै सन्दर्भलाई अवलोकन गर्ने हो भने गत वर्षको तिहारमा भारतबाट ३ लाख सयपत्री माला ल्याइएको थियो । अत: देशमा हरेक वर्ष १० प्रतिशतका दरले फूलको माग बढ्दै गएको तथ्याङ्क छ । यसमा मुख्य गरी काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, चितवन, काभ्रे, सिन्धुपाल्चोक, झापा, इलाम, धनकुटा, कैलाली, बाँके, कास्कीलगायतका जिल्लाहरूमा सयपत्री फूलको खेती हुने गर्छ । त्यसैगरी मखमली फूलको व्यावसायिक खेती काठमाडौंको इचंगुनारायण, भक्तपुरको गुण्डु, ललितपुरको गोदावरी, बडिखेल, धादिङ, पाल्पा, कैलाली र इलाममा हुने गरेको छ । यसरी उत्पादन क्षमता गुणात्मक वृद्धि भए अन्य देशको भर पर्नु नपर्ने व्यवसायीहरू बताउँछन् । देशमा तिहारका लागि मात्रै २० लाख सयपत्री, मखमली ३ लाख र गोदावरीका २५ हजारसम्म मालाहरू खपत हुने सम्बन्धित निकायको अनुमान रहेको छ । यसरी देश हालसम्म ९० देखि ९१ प्रतिशत फूलमा आत्मनिर्भर रहेको दाबी छ । तसर्थ कोरोनाका कारण फूल उत्पादन घटे पनि हाल १० देखि २० प्रतिशत फूलको माग बढ्नुका साथै उत्पादन पनि बढेको सम्बन्धित क्षेत्रले जानकारी दिएको छ । यसका साथसाथै उक्त प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिमा १० मिनियचर, २० स्पाइडर, ३० रिफ्लेक्स, ४० इन्कर्भ र ५० गोदावरीको कट फ्लावर प्रजातिका रहेका छन् । यसरी माग बढी र अन्यत्रबाट गत वर्षभन्दा बढी फूल आयात गर्नुपर्ने भएकाले यस वर्ष मूल्यमा वृद्धि हुने बताइएको छ । मूलत: स्वदेशी उत्पादनले माग पूरा गर्न नसक्ने भएकै कारण गत वर्षको तिहारका लागि व्यवसायीले भारतबाट आयात १ करोड बढी मूल्यबराबरको माला आयात गरेका थिए । तर, यस साल भने कोरोना घट्दै गएका कारण तथा स्वदेशमै आवश्यक पर्ने फूल उत्पादन भएकाले ३ लाख माला भारतबाट आयात गर्ने तयार रहेको सम्बन्धित निकायले जनाएको छ । यसर्थ सँघारमा आएको तिहारका लागि देशभर २३ लाख ४५ हजार गोटा मालाको कारोबार हुने अनुमान गरेको छ । यी मालाको सरदर १३ करोड १० लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ । यस वर्षको अनुमानित कारोबार रकम गत वर्षको भन्दा १ करोड ५४ लाख रुपैयाँले बढी हो, जसमा गत वर्ष ११ करोड ५६ लाख रुपैयाँको १९ लाख ३५ हजार गोटा फूलमालाको कारोबार भएको बताइएको छ । यस वर्ष बिक्री हुने कुल मालामध्ये २० लाख सयपत्री फूलका हुनेछन् । त्यसमध्ये १७ लाख मालाको माग आन्तरिक उत्पादनले धान्नेछ । यसरी गत वर्ष १५ लाख सयपत्री मालाको मागमा ३ लाख माला मात्र भारतबाट आयात गरेको थियो । मखमली ६ लाख फूलको माला भने स्वदेशी उत्पादनले नै धानेको छ । तर, मखमली माला स्वदेशी माग धान्नुका साथै विभिन्न देशमा निर्यात पनि हुने गरेको छ । यो तिहारमा उपभोक्ताले सरल र सहज रूपमा फूलमाला पाउने दाबी सम्बन्धित क्षेत्रले गरेको छ । यस वर्ष विगत दुई वर्षको तुलनामा १५ प्रतिशत फूलको माग बढी छ । गत वर्ष तिहारमा मात्रै १ अर्ब ७१ करोड रुपैयाँबराबरका मालाको कारोबार भएकाले भारतबाट मात्रै ९० लाख रुपैयाँको सयपत्री फूलका माला आयात गर्नुपरेको व्यवसायीहरू बताउँछन् । त्यसैले गर्दा काठमाडौं उपत्यकामा मात्र करिब २ सयभन्दा बढी पुष्प व्यवसायी रहेको एसोसिएसनले जनाएको छ । मुलुकका लागि आवश्यक फूल देशमै उत्पादन गर्ने तथा नेपाली फूलको बजार व्यापक विस्तार गर्ने मेलाको मुख्य उद्देश्य रहेको आयोजकले जनाएका छन् । फूलको उत्पादन हुने समय असोजदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्छ । फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिक रूपमा ४ सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग १ सय ५७ हेक्टर क्षेत्रफलमा ७ सय व्यवसायीहरूले यसको खेती गर्दै आएका छन् । यसका साथसाथै पुष्प व्यवसायबाट ४३ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । सो संस्थाले गत आर्थिक वर्षमा १ अर्ब ७१ लाख रुपैयाँबराबरको कारोबार गरेको थियो । नेपालबाट जापान, कुवेत, कतार, भारतलगायतका मुलुकमा विभिन्न जातका पुष्प निर्यात हुने गरेको छ । यसमा वार्षिक करिब १० करोडको पुष्प निर्यात हुने गरेको फ्यानले जनाएको छ । पुष्प व्यवसायको व्यावसायिक प्रवद्र्धनका लागि पुष्पमेला सञ्चालन भइरहेको छ ।
स्वदेशमै फूलको व्यावसायिक खेती हुन थालेपछि फूलको आयातमा विस्तारै प्रतिस्थापन हुन थालेको छ । यहाँका कृषकले फूलको खेती सुरु गरेका कारण विगतमा भन्दा झन्डै ५० प्रतिशत फूलको आयात कम भएको छ । देशमा दक्ष जनशक्ति नभएको र प्राविधिक जनशक्ति र आधुनिक कृषि प्रणालीको अभाव रहेको एकातिर छ भने अर्कातिर सरकारले पनि खासै ध्यान नदिएको देखिन्छ । अहिलेसम्म पुरानै प्रविधिबाट पुष्पखेती हुँदै आएकोमा आगामी दिनमा पुष्प उत्पादनको क्षेत्रमा नयाँ प्रविधि भिœयाएर आधुनिक ढंगले उत्पादन बढाउनुपर्ने सम्बन्धित क्षेत्रको भनाइ रहेको छ ।
अन्त्यमा भन्नुपर्दा नजिकिँदो तिहार पर्वका लागि पुष्प मेला आकर्षणको केन्द्र बनेको छ । यसमा अवलोकनकर्ताको मुख्य आकर्षण बनेको गोदावरी र मखमली फूलहरू मेलामा रहेका छन् । काठमाडौंको कुरा गर्ने हो भने रिङरोडभन्दा १० देखि १५ किलोमिटरसम्म बाहिर धेरैजसो पुष्पव्यवसायीहरू छन् । त्यसबाहेक भक्तपुर, काभ्रे, धादिङ, ललितपुर जिल्लामा फूलको व्यावसायिक खेती हुने गरेको छ । पछिल्ला वर्षहरूमा फूलको माग बढेको छ, जसमा माग र आपूर्तिमा सन्तुलन मिलेको छैन । फूलको माग बढेपछि उत्पादन नबढेकाले चाहेजति पुष्प बिक्री गर्न समस्या पर्ने गरेको पुष्प व्यावसायीहरू बताउँछन् । यो हाल सामान्य र सोखपूर्ण ढंगबाट मात्र खेती हुँदै आएको छ । अत: सरकारले व्यावसायिक रूपबाट कृषकहरूलाई आकर्षित गर्ने उद्देश्यले फूलको खेती विस्तार गरेमा अर्बौं रुपैयाँको पुष्प विदेशी बजारमा निर्यात गर्न सकिने व्यवसायीहरूको भनाइ छ । यसर्थ विश्व बजारमा नेपाली फूलको माग दिनप्रतिदिन बढ्दो रूपमा एकातिर छ भने अर्कातिर सरकारले निजी क्षेत्रलाई सुम्पिएको सामुदायिक वन र व्यक्तिका खेर गइरहेका भूमि एवं प्रत्येक घर–घरका कौसीमा पनि फूलको खेती गरी विदेशी मुद्राको दरिलो आधार बनाउन सकिन्छ । नेपाली फूललाई विश्व बजार बढाउनु अति आवश्यक भएको छ । मुलुकमा नयाँ–नयाँ फूलको विकास गर्न स्वदेशी प्रविधिको आजसम्म विकास हुन सकेको छैन । यसर्थ समय–समयमा हुने पुष्प व्यापार मेलाले यो व्यवसायलाई अझ बढी बढाउन सहयोग पुगेको छ । हाम्रो देशबाट खासगरी फूलका गाना र टिस्युकल्चर पनि निर्यात भएको अनुमान गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्