Logo

संविधानको प्रत्येक शब्दमा जनताको रगत बगेको छ : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथाप्रविधिमन्त्री देवेन्द्र पौडेलले सविधानमा उल्लेख भएका प्रत्येक शब्दमा जनताको बलिदान भएको बताएका छन् । बडिगाड गाउँपालिकामा चुनावी सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न र जनताको बलिदान भएको बताएका हुन् ।
केपी ओली आफ्नै दलभित्र अल्पमत परेपछि दुई दुई पटक संसद विघटन गरी संविधानले दिएको अधिकारभन्दा विपरीत गएर काम गरेकाले गठबन्धन बनाएको बताए ।
“शान्ति प्रक्रियामा होस् या, शान्ति पक्रियापछि ल्याएको प्रणालीलाई संरक्षण गर्न लोकतान्त्रिक पक्षधर एक ढिक्का भएका हौं,” उनले भने, “यो गठबन्धनलाई छुट्याउन षड्यन्त्रकारी लागिपरिरहेका छन् ।” यसअघिकोे सरकारले विदेशी कुटनीतिक क्षेत्र बिगारेको भन्दै गठबन्धनको सरकारले यसलाई सुधार गर्दै अर्थ प्रणालीलाई थप मजबुद बनाउने काममा लागिपरेको उनको दाबी थियो । “प्रतिगमन र आर्थिक उन्नतिका लागि गठबन्धनलाई सँगै लैजानुपर्नेछ,” उनले भने, “सरकार बनाउनभन्दा प्रणाली बचाउन गठबन्धन भएको हो ।”
निर्वाचन क्षेत्र रणनीतिक सडकको निर्णय भई अघि बढेको बताउँदै मध्यपहाडी लोकमार्गको विकल्पको मल्म पाण्डवखानी भीमगिठे दर्लिङ, निसीहुँदै प्यूठान जोड्ने सडक हुने बताए ।
“संघीय लोकतान्त्रिक व्यवस्थालाई जोगाउन वामलोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिएका छौं,” उनले भने, “देशी विदेशी शक्तिहरू गठबन्धनलाई भत्काउन विभिन्न तरिकाले लागे तर विफल भएको छ ।” उनले जनताको मतसँगै विकाश र समृद्धि जोडिएको भन्दै बागलुङको विकासका लागि जीवन रहेसम्म लागिरहने प्रतिबद्धता व्यक्त गरे ।
बागलुङ जिल्ला सुरुङमार्गको युगमा प्रवेश गरेको बताउँदै अहिल नै सम्भाव्यता अध्ययनका लागि सरकारले बजेट छुट्याएको बताए ।
प्रदेश सभा सदस्यका उम्मेदवार जीतबहादुर शेरचनले तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुईदुई पटक संविधानलाई च्यात्ने काम गरेकाले त्यसको रक्षाका लागि गठबन्धन भएको बताए ।

प्रतिक्रिया दिनुहोस्