Logo

‘निर्वाचनमा सफलतापूर्वक सम्पन्न हुन्छ’

गृहमन्त्री बालकृष्ण खाँणले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा सफलतापूर्वक सम्पन्न हुने बताएका छन् ।
गृहमन्त्री खाँणले सुरक्षाका धेरै चुनौती रहे पनि सुरक्षा निकायका साझा र संयुक्त प्रयत्नले सो निर्वाचन सफलतापूर्वक सम्पन्नहुने बताएका हुन् । आइतबार काठमाडौंमा आयोजित बागमती प्रदेशस्तरीय निर्वाचन केन्द्रित सुरक्षा गोष्ठी कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनमा देखिएको जटिलतालाई हल गर्न सरकारले सुरक्षा निकायसँग आवश्यक सहजीकरणको काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । गृहमन्त्री खाँणले सुरक्षाकर्मी र सुरक्षा निकायलाई अत्याधुनिक बनाउने कामलाई सरकारले अझै प्राथमिकताका साथ अघि बढाउने पनि बताए ।
गृहमन्त्री खाँणले नागरिकताविहीन नेपाली नागरिकलाई नागरिकता दिने विषयलाई राजनीतिक विषय बनाउन नहुने पनि स्पष्ट पारे । गोष्ठीमा बोल्दै गृहसचिव विनोदप्रकाश सिंहले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रभावकारी ढंगले सुरक्षा निकायको परिचालन गर्न सम्बन्धित जिल्लाका जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्