Logo

१२ खरी कथा लेखन प्रतियोगिता–२०७९को पुरस्कार वितरण

‘डिसहोम १२ खरी कथा लेखन प्रतियोगिता–२०७९’ मा नवीन अभिलाषीको कथा ‘दमाहा’ प्रथम भएको छ ।
बाह्रखरी मिडियाले आयोजना गरेको ‘डिसहोम १२ खरी कथा लेखन प्रतियोगिता–२०७९’ मा कथाकार नवीन अभिलाषीको कथा ‘दमाहा’ ले प्रथम स्थान हासिल गरेको हो । प्रथम स्थान हासिल गर्नुभएको कथाकार अभिलाषीलाई प्रमाणपत्र, ट्रफी र नगद एक लाख रुपैयाँसहित सम्मान गरिएको छ । आइतबार काठमाडौंमा पुरस्कार वितरण तथा पुस्तक विमोचन कार्यक्रमको आयोजना गर्दै प्रतियोगिताको नतिजा सार्वजनिक गरेको हो । प्रतियोगितामा रमेशजङ्ग थापाको कथा ‘डढेको आकाश’ले द्वितीय र कथाकार रुमु न्यौपानेको कथा ‘घूँघट’ ले तृतिय स्थान पाएका छन् । थापालाई ट्रफीसहित ६० हजार रुपैयाँ र न्यौपानेलाई ट्रफीसहित ४० हजार रुपैयाँ प्रदान गरिएको छ ।
प्रतियोगितामा ५ सय ९६ वटा कथाले भाग लिएका थिए । त्यसमध्ये उत्कृष्ट २५ कथा पनि छानिएका छन् । कार्यक्रमको अवसरमा सो २५ कथाहरुलाई समेटेर ‘उत्कृष्ट कथा–२०७९’ पुस्तक पनि लोकार्पण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्