तिहारमा फूल नफूलेपछि किसान समस्यामा

तिहारलाई लक्षित गरेर लगाइएको फूल खेती नफूलेपछि धनकुटाका किसान समस्यामा परेका छन् ।
धनकुटा नगरपालिकोको फूल उत्पादनका लागि पकेट क्षेत्रको रुपमा रहेको स्याउले, लाकुरे, सिप्तिङ्गलगायत जिल्लाका अन्य स्थानमा किसानले लगाएको सयपत्री फूल नफूलेपछि किसान समस्यामा परेका हुन् ।
धनकुटा नगरपालिका ३ का रेसबहादुर राईले १० रोपनीमा गरेको फूल खेती करिब ४० प्रतिशत मात्र पक्रेर फुलेको छ भने ६० प्रतिशत फूल भर्खस फक्रन सुरु गर्दै छ । अघिल्लो वर्ष एक लाख ५० हजारको बताउने राई यो वर्ष खेतीबाट लगानी समेत लिन नसकिने बताउँछन् । उनले भने, “धनकुटामा तिहार बाहेक अन्य समय फूलको कारोबार ठप्प हुन्छ तिहारको लक्ष्मी पुजाको दिनसम्म फूल बिक्री नभए फूलका बोट काटेर फाल्नुको विकल्प छैन ।”
अन्य समयमा भारतीय फूलसँग प्रतिस्पर्धा गर्न समेत नसकी फूलको खेती नगर्ने किसानलाई मौसमी खेतीले समेत ठगेको राईको भनाइ छ । अर्की कृषक सुकमाया राई यो वर्ष फूल समयमा नफूलेको कारण घाटा लाग्ने निश्चत भएको बताउँछिन् । उनी भने फूलको बिउ राख्ने र रोपने समय केही हप्ता ढिलो भएको र दसैंंको समयमा परेको वर्षाका कारण समयमै फूल नफूलेको बताउँछिन् ।
धनकुटाका अन्य क्षेत्रमा लगाइएको अधिंकाश फूलखेती राम्रोसँग नफूलेको किसान बताउँछन् । जिल्लामा कति किसान तिहार लक्षित व्यावसायीक फूल खेती गर्छन् भन्ने आधिकारी तथ्यांक छैन ।