Logo

धर्मगुरुको जन्मोत्सवमा फुटबल प्रतियोगिता

करात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६९ जन्मोत्सवको अवसरमा आत्मानन्द कप आमन्त्रण फुटबल फुटबल प्रतियागिता हुने भएको छ । आगामी मंसिर ९ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी जम्मा आठवटा टीमको सहभागिता हुने भएको हो । प्रस्तावित आत्मानन्द रंगशाला माङसेबुङ ५ मा प्रतियोगिता हुने इलाम सदरमुकाममा आयोजकले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।
यो प्रतियोगिता १५ औँ संस्करण हो । यो प्रतियोगिता जिल्लाकै उच्च धनराशीको भएको बताइएको छ । जिल्ला सदरमुकाममा हुँदै आएको माइभ्याली फुटबल प्रतियोगिता हुने छोडेपछि यसलाई नै उच्च धनराशीको मानिएको हो । प्रतियोगिताका विजेताले ट्रफीसहित ३ लाख ११ हजार एक सय ६९ रुपया पाउँने छ । त्यस्तै उपविजेता हुने टीमले ट्रफीसहित नगद २ लाख ५ हजार एक सय ६९ रुपया पाउँने आयोजक आत्मापवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए । साथै मेन अफदि म्याच, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता तथा अनुसाशित खेलाडीलाई समेत नगद पाँच हजार प्रदान गरिने जनाइएको छ ।
किरात धर्मगुरुको जन्मोत्सवको अवसरमा म्याराथन, पक्लुङ, छेलो हान्ने, कराँते लगायतका प्रतियोगितासमेत सञ्चालन हुँदै आएका छन् । धर्मगुरुको प्रचारका निम्ति समेत प्रतियोगिता हुँदै आएको छ । गुरुबाट आशीर्वाद लिनकै लागि देशका उच्च ओहदामा रहेका राष्ट्रपती, प्रधानमन्त्री, मन्त्री तथा बिदेशबाट समेत भक्तजनहरू आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्