वार्षिकोत्सवमा यसुदाद्वारा विद्यार्थीलाई छात्रवृति

यसुदा ब्राण्ड १५औं वर्ष प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले वन्दी सहायता नेपालका १५ जना विद्यार्थीलाई छात्रवृत्ति दिएर अध्ययनको अवसर प्रदान गरिरहेको जनाएको छ ।
उच्चस्तरीय घरायसी सामान तथा उपकरणबाट हरेक घरको जीवन सहज बनाउने उद्देश्यका साथ १५ वर्ष पहिले यसुदा ब्राण्ड स्थापना भएको कम्पनीको भनाइ छ ।
यस ब्रान्डले विगत १५ वर्षदेखि घरायसी जीवन सहज बनाउने ४० भन्दा वढी यसुदाका हजारौँ उत्पादनहरु बिक्री वितरण गर्दै आएको छ । ब्रान्डले वासिङ मेशिन, क्यालकुलेटर, इमरजेन्सी लाइट, राइसकुकर जस्ता उत्पादनहरु बजारमा ल्याएको छ ।
आगामी दिनमा अझ बढी सुलभ, सरल र आधुनिक होम एप्लाइन्सेसका उत्पादनहरु लिएर आउने कम्पनीले प्रतिवद्धता व्यक्त गरेको छ ।