नेपाल बुद्धिचाल संघ र समृद्धि फाइनान्सबीच सम्झौता «

नेपाल बुद्धिचाल संघ र समृद्धि फाइनान्सबीच सम्झौता

नेपाल बुद्धिचाल संघ र समृद्धि फाइनान्स कम्पनीबीच सम्झौता भएको छ ।
नेपाल बुद्धिचाल संघद्वारा १९ देखि २१ कात्तिकसम्म आयोजना गरिने नेशनल भेट्रान्स चेस च्याम्पियनसीपका लागि उक्त प्रायोजन सम्झौता गरिएको हो । सम्झौता पत्रमा संघका अध्यक्ष विदुरप्रसाद गौतम र फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिकानिधि लोहनीले हस्ताक्षर गरेका छन् ।
करिब ७ लाख ५० हजारको लागतमा सम्पन्न हुने च्याम्पियनसीपको मुख्य प्रायोजकका रुपमा समृद्धि फाइनान्सले नेपाल बुद्धिचाल संघलाई ३ लाख रुपैयाँ प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्